पोखरा – बुधबार दिउँसो चिप्लेढुंगास्थित मल्ल इम्पोरियमअगाडि एक महिला स्कुटी पार्किङ गर्न खोज्दै थिइन्। यताउता ठाउँ हेरिन्। तर कतै ठाउँ नपाएपछि फरक्क मोडिएर आएकै बाटो सोझिइन्। मल्ल इम्पोरियमभन्दा अलि पर पनि उस्तै दृश्य देखियो। मोटरसाइकलमा आएका दुई युवा पार्किङ गर्ने ठाउँ नभेटेपछि अगाडि बढे।

पछिल्लो समय पोखराको मुख्य बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ। पार्किङको उचित व्यवस्थापन नहुँदा पोखरेलीले हैरानी ब्यहोर्नु परेको छ।

अव्यवस्थित पार्किङले बेलाबेला ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दो छ। पार्किङ स्थलको अभावमा मुख्य सडकको छेउछाउमै पार्किङ गर्नु पर्ने बाध्यता छ। जसले गर्दा दमकल र एम्बुलेन्स जस्ता आपतकालीन साधनहरु अपर्झट आवतजावत गर्नु परेमा समस्या हुने देखिएको छ।

मुख्य सडकमा सवारी जाम बढेपछि दुरी छोट्याउन शहरी क्षेत्र भित्रका साँघुरा गल्ली खोज्दै हिँड्नु पर्ने बाध्यता पनि उत्तिकै छ। जसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ। महानगरको कार्यालयअगाडि पनि पार्किङको अभाव छ। यातायात कार्यालय कास्कीका अनुसार पोखरामा दैनिक १ लाख ४० हजार सवारीसाधन गुड्छन्।

महानगर कार्यालयले पार्किङ व्यवस्थित गर्ने काम भइरहेको जनाएको छ। सूचना अधिकारी गंगालाल सुवेदीले आइल्याण्ड भत्काएर सडक चौँडा बनाउनेदेखि फुटपाथ बनाउने सम्मको काम भइरहेको जानकारी दिए।

उनका अनुसार पृथ्वीचोकदेखि महेन्द्रपुल आसपासको पार्किङ व्यवस्थित गर्न प्रदर्शनी केन्द्रभन्दा अगाडि पार्किङस्थल बनाइएको छ। उनले भने, ‘शुरुमा निशूल्क पार्किङ गर्न दिन्छौँ। पार्किङ गर्ने संख्या बढ्दै गएपछि शूल्क लिन्छौँ।’

३ पटकसम्म टेण्डर आव्हान

पोखरा महानगरले पार्किङ शूल्क उठाउन केही समयअघि १५ दिने सूचना निकालेको थियो। कर अधिकृत छवि शर्माका अनुसार आवेदन नआएपछि महानगरले दोस्रो पटक सूचना निकाल्यो। दोस्रो पटक पनि कुनै टेण्डर नपरेपछि अहिले न्यूनतम ५ करोड ३९ लाख रुपैयाँ टेण्डर मुल्य तोकेर तेस्रो पटक सूचना प्रकाशन गरिएको छ।

यसअघि ७ करोड रुपैयाँ टेण्डर मूल्य तोकिएको थियो। ‘रकम बढी भयो भन्दै आवेदन दिन कोही पनि आउनुभएन,’ उनले भने, ‘त्यसैले यसपटक ३० प्रतिशत मूल्य घटाएर टेण्डर आव्हान गरेका हौँ।’

श्याम रानामगर
रानामगर नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार