हिक्मतबहादुर नेपाली, दुल्लु – सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए। राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए।

राउटे समुदायका कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा थिए। समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए।

समुदायका पाँच अगुवा भने सुकिलामुकिला कपडासहित कतै जाने तरखर गर्दै थिए। समुदायका तीन मुखिया, महामुखिया र एक युवासहित समुदायका अगुवा अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन्।

एकैछिनमा जिप चढे र वीरेन्द्रनगर सुर्खेततर्फ लागे। उनीहरू सरासर मेगा बैंक शाखा सुर्खेतमा पुगे। बैंकमा पुगेर पाँचै जना लाइनमा उभिए। पालैपालो बैंकबाट चेक साटेर भुक्तानी लिए, त्यसपछि पाँचै जना फर्किए। समुदायका पाँच अगुवाले जागिर खाएपछि पहिलो महिनाको तलब थाप्न बैंक पुगेका थिए।

त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हीरासिंह थापाले उनीहरूलाई तलबवापतको चेक हस्तान्तरण गरेका थिए। उनीहरू फागुन महिनाको तलब लिन बैंक पुगेका हुन्।

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाले यही फागुन ११ गते पहिलोपटक जागिरको नियुक्तिपत्र बुझेका थिए। विशेषगरी नेपालको पश्चिमका तीन प्रदेशका वनजङ्गलमा बसोबास गर्दै आएका समुदायका महामुखिया महिनबहादुर शाही, मुखिया सूर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो।

एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरूलाई जागिर प्रदान गरिएको थियो।

राउटे समुदाय बसोबास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तीकरण गर्न समुदायका महामुखिया र मुखियासहित ५ जनालाई रोजगारी दिइएको थियो।

ती पाँचै जनाले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाइमा लाग्न उत्प्रेरित गराउने, समुदायमा बाल क्लब, महिला समूह र युवा समूह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष थापाले बताए।

उनका अनुसार बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणका लागि सकेसम्म थोरै क्षति हुने गरी आफ्नो सीपको प्रयोग गरी सामग्री निर्माण गर्न सहजीकरण गर्ने गरी जागिर दिइएको थियो।

यस्तै आफू बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्बन्धित प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्वार प्रर्णालीमार्फत ग्रहण र सङ्कलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गाउँपालिकालाई गराउने उनीहरुको नियुक्तिपत्रमा उल्लेख गरिएको छ।

राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरू कमभन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने अध्यक्ष थापाको भनाइ छ।

बैंकबाट चेक साटेर भुक्तानी लिएपछि समुदायका महामुखिया महिनबहादुर शाहीले आफ्नो तलब बैंकमा आएर लिन पाउँदा खुशी लागेको बताए। मुखिया सुर्यनारायण शाहीले आफू र आफ्नो जनताले बैंकबारे थाहा नपाएको बताउँदै बैंकमार्फत रकम लिँदा सजिलो भएको प्रतिक्रिया दिए। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८