बुटवल – प्रहरीले कहीँकतै शंकास्पद वस्तु फेला परे त्यसको छेउमा नजान र नछुन अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय बुटवलले शंकास्पद वस्तुहरु विष्फोटक पदार्थसमेत हुनसक्ने भएकाले तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापाले केही समययता देशैभर बम आतंक फैलिएकाले सर्वसाधारणसमक्ष यस्तो अनुरोध गरिएको बताए। ‘समयमै सुरक्षा निकायलाई खबर भए धनजनको क्षति हुनबाट बचाउन सकिन्छ,’ उनले भने, ‘सानो गल्तिले पनि ठूलो क्षति हुनसक्छ। अलिकति मात्र सचेत हुनसके दुर्घटनाबाट बच्न सकिन्छ।’

आज बिहीबार बिहान सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा फेला परेको ‘शंकास्पद वस्तु’ लाई सुरक्षाकर्मीले निष्क्रिय बनाएको छ। बाल्टीमा कालो प्लाष्टिकले बेरेर राखिएको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको थियो।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण बुटवल तथा पाँच नम्बर प्रदेशको जनजीवन सामान्य प्रभावित बनेको छ।

अरु दिनको तुलनामा केही कम भए पनि सवारी साधनहरु चलेका छन्। बजार, उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ। बिहानैदेखि बजारमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८