चितवन – धुर्मुस-सुन्तली फाउण्डेशनको अगुवाइमा यहाँ निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आवश्यक सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी र उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन्।

भरतपुर महानगरपालिकाले बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले यसलाई जिल्लाले अपनत्व लिनुपर्ने जनाएका छन्। फाउण्डेशनले भरतपुर महानगरपालिका -१५ मा रहेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा रङ्गशाला निर्माण गर्दैछ।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल, कृष्ण भुर्तेल, गीता वाग्ले र रीना गुरुङले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने बताउँदै जिल्लाका उद्योगी व्यवसायीलाई सहयोगका लागि आह्वान गरे। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कर्मचारीका तर्फबाट गर्नुपर्ने सहयोग जुटाउने काम आफूले गर्ने बताए।

उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, चेम्बर अफ कर्मश चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडी, नागरिक समाज चितवनका उपाध्यक्ष नारायणसिंह कुँवर, व्यवसायी हरि भण्डारी, रवीन्द्र बराललगायतले जनताबाट उठ्ने पैसा पारदर्शी गर्न आग्रह गर्दै आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने र गर्न लगाउने बताए।

महानगरपालिका प्रमुख रेनु दाहालले आयोजना समयमै सक्न महानगरले मात्रै नभएर जिल्लाका सबै स्थानीय तह लाग्नु आवश्यक रहेको बताउँदै सबै नेपालीलाई सहयोगका लागि आग्रह गरिन्।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले तीन अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको रङ्गशाला शिलान्यासको मितिले दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताए। यसका लागि जिल्लाले अपनत्व ग्रहण गर्दै अन्य जिल्लामा अभियान सञ्चालन गर्न उनले अनुरोध गरे।

अहिले गुरुयोजना निर्माणको काम, रङ्गशालाका लागि उपलब्ध जग्गाको सुरक्षा गर्ने, गोदामघर निर्माण गर्ने, काम गर्ने कर्मचारीलाई आवासलगायतको निर्माणको काम भइरहेको उनले जानकारी दिए। गुरुयोजना निर्माणका लागि विषयविज्ञसँग छलफल भइरहेको उनको भनाइ थियो। (रासस)

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४