राँझा – नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका -२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो।

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका -९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका -९ का विमलप्रसाद न्यौपाने र दैलेख आठबिसकोट -५ का अर्जुन शाहीलाई विभिन्न समयमा चोरी भएका चार थान मोटरसाइकलसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख इन्स्पेक्टर नारायण डाँगीले जानकारी दिए।

उनीहरुबाट यूपी ३२ जेपी १७३९ नंको रोयल इनफिल्ड, भे. ४ प ४०२० नंको २२० सिसीको पल्सर, लु. ४० प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी ३२ जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको इन्स्पेक्टर डाँगीले बताए।

उनका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए। त्यसरी चोरी भएका मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्ने गरेको पाइएको छ। प्रहरीले बरामद गरेका मोटरसाइकल पनि विभिन्न जिल्लाबाट झिकाएको हो।

सेतुविक चोकमा रोयल इनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएपछि नेपालगञ्जबाटै बर्दिया मधुवन -६ बस्ने यमबहादुर घर्तीको भे. ४ प ४०२० नंको २२० सिसीको पल्सर मोटरसाइकल, प्रीतम गुरुङको लु. ४० प ९८५१ नंको २२० सिसीको पल्सर मोटरसाइकल, नेपालगञ्ज -११ विपीचोक बस्ने मोहम्मद रजा जसगढको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको थियो।

ती उजुरीका विषयमा प्रहरीले न्यौपानेलाई सोधपुछ गर्दा घटनामा विमलप्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाइकल दैलेख, सुर्खेत र कैलालीलगायतका जिल्लामा बिक्री गर्नको लागि लुकाइछिपाइ राखेको खुलेको थियो।

प्रहरीले सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिको पहिचान गरी मोटरसाइकलको खोजतलास गर्ने क्रममा ती मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट नम्बरप्लेट बदली गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८