श्रीराम पौडेल

हाम्रो देश नेपालको आफ्नै किसिमको मौलिकता छ। वीर पूर्खाहरूले स्वतन्त्रता संग्राममा विगतदेखि नै एक प्रकारको मौलिकता देखाइसकेका छन्। एवंप्रकारले हाम्रा सपूतहरूले सिर्जना गरेको देशको सम्प्रभुता पनि कम्ती मार्मिक छैन।

तर, पछिल्लो समय देशमा जुन प्रकारले राजनीतिक परिदृश्यहरू अगाडि बढिरहेका छन् त्यो हेर्दा लाग्छ, अब मुलुक फेरि पुरानै राजनीतिक गतिरोधमा धकेलिँदै छ। वास्तवमा अब देशमा कुनै पनि प्रकारको राजनीतिक परिवर्तन आवश्यक छैन। हाम्रा नेताहरूमा मुलुकमा अब चाहिने कुरा के के हुन् भन्ने आत्माबोध हुनैपर्छ। तर, जसरी राजनीतिक घटनाहरू पछिल्लो समयमा अगाडि बढे, त्यसले राजनीतिक वृत्तमा चेत गुमेको हो कि भन्ने आभास हुन थालेको छ।

अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानै पर्छ। नेपालभन्दा कम विकसित विश्वका थुपै्र देश अहिले विकासकोे उपल्लो तहमा पुगिसकेका छन् भने हामी अझै विभिन्न वाद र उपवाद अनि गुट र फुटको राजनीतिमा रुमल्लिरहेका छौँ। देशमा विकास हुनै नसक्ने सम्भावना पनि छैन।

मुलुकमा कृषि, वन, जडीबुटी, उद्योगधन्धाहरूको प्रचुर सम्भावना छ। शिक्षा, स्वास्थ्यजस्ता विषयलाई गुणस्तरीय एवं आमजनताको पहुँचमा मात्रै पुर्‍याउने हो भने त्यसले मुलुकमा नयाँ आयाम थप्न सक्छ। त्यस्तै यहाँ रोजगारी सिर्जना गर्न सके त्यसले विदेशमा रहेका लाखौँ युवालाई स्वदेश फर्काउन सकिन्छ।

त्यस्तै मुलुकमा विकास, निर्माण कार्य पर्याप्त नहुँदा पनि नागरिकमा एक प्रकारको निराशापन छ। त्यसलाई राजनीति गर्ने तथा सरकारमा रहेकाहरूले सम्बोधन गर्नैपर्छ। फेरि सबैले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेर मूलधारको राजनीतिमा फर्कनै पर्छ।

सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउन पहल गर्नसक्ने ओली सरकारले माओवादी जनयुद्धलाई पूर्णता दिने भन्दै सशस्त्र आन्दोलनको हुँकार दिइरहेको विप्लव समूहलाई पनि किन राजनीतिको मूलधारमा नल्याउने? यो अहिलेको गम्भीर बहसको विषय हो।

विप्लवले ‘माओवादी जनयुद्धले पूर्णता पाएको छैन’ भन्दै आन्दोलन गरिरहेकोमा यसरी हतासमा उनीलगायत उनका कार्यकर्ताहरूमाथि राजनीतिक बेइमानी गर्न पाइँदैन। उनीमाथि राजनीतिक प्रतिबन्ध लगाउँदैमा समस्याको समाधान हुन्छ र !

उनीलगायत उनका कार्यकर्ताहरूमाथि धरपकड गर्ने र दबाउने जुन प्रकारको नीति वर्तमान सरकारले अख्तियार गरेको छ, त्यो उपयुक्त विधि होइन। यसले समस्या समाधान नभई उल्टै समस्यालाई झन् विकराल बनाउने प्रायःनिश्चित छ। आपसी मेलमिलापविना सरकार राजनीतिक रूपमा बलियो बन्नै सक्दैन।

सरकारले आजसम्म उक्त समूहका राजनीतिक अनुहार र आवाज पहिचान गर्ने र त्यसअनुसार पहिला समस्याको समाधान गर्न खोजेको पाइँदैन। राज्य चलाउने क्रममा असहमतिहरू आउँछन्। तिनलाई वार्ता र संवादको माध्यमबाट समाधानतर्फ जानै पर्छ। राज्यले पहिलो शर्त पनि यसलाई बनाउनै पर्छ। विप्लवलाई अझै विश्वासमा लिने र संवैधानिक परिपाटीभित्र उनको समूहलाई प्रोत्साहित गर्न सकिने ठाउँ प्रशस्तै छन्।

कोही पनि हिंसात्मक गतिविधिमा उत्रँदा सरकारले प्रतिहिंसात्मक सोच र व्यवहार सकभर देखाउनु हुँदैन। लोकतान्त्रिक नियन्त्रणका उपायहरू खोजी गर्नुपर्छ। त्यो भनेको वार्ता र संवाद नै हो। त्यसका लागि अधिकतम प्रयास र लचकता अपनाउनु आवश्यक छ।

सरकारले जनजीविका लगायतका मुद्दालाई भाषणको भेलमा बगाएर कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्दैन। सबैलाई समेट्दै अविश्वास र असहमतिलाई वार्ताद्वारा छिनोफानो गर्ने लोकतान्त्रिक विधिप्रति विश्वास जनाउने र असन्तुष्टहरूको ध्यानाकर्षण गर्नुपर्छ।

विगतको १ दशक लामो सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन्। मुलुकमा एउटा गायकले गीत गाउँदा पनि समाजमा सरकारप्रति वितृष्णा आइहाल्ने परिस्थिति जन्मिएको छ। सानोभन्दा सानो घटनाले पूरै हिंसात्मक माहौल बनिहाल्ने अवस्था छ। यस्तो बेलामा राजनीतिलाई गिजोलेर पनि समाधान आउन सक्तैन।

त्यस्तै धर्मका नाममा राजनीति गर्ने कमल थापाहरू प्रायः विलाइसकेको अवस्थामा छन्। राजाको कुरो अर्को विषय हो अहिले। तर, फेरि पनि माओवाद वा कम्युनिष्टको नाममा अर्को हिंसात्मक अवस्था सिर्जना गर्न कोेही नेपालीले चाहेकै छैनन्। त्यसले समाजमा रूपान्तरण गर्न पनि सक्तैन। हिंसाको त्यस्तो दुष्चक्रमा विप्लव माओवादी र सरकारले मुलुकलाई लैजान पाउँदैनन्। यो अहिलेको आमबोली हो।

अब जनता सचेत भइसकेका छन्। देशलाई युद्धमा धकेल्न अनि युद्धका कारण समृद्धि, सुशासन र विकासजस्ता कुरामा परिवर्तन ल्याउन सकिएन भन्ने बहाना पनि चल्दैन अब। संगठन खोल्न र राजनीतिक गतिविधि गर्न सबैलाई संवैधानिक अधिकार छ। त्यो एउटा प्रजातान्त्रिक मुलुकको गहना पनि हो। मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेको, संघीय संरचना बमोजिम नै मुलुकका यावत् संयन्त्रहरू अगाडि बढ्दै गर्दा अब कुनै पनि राजनीतिक दलमाथि प्रतिबन्ध सुहाउँदैन।

हालै सशस्त्र आन्दोलनमा जाने भन्दै सरकारसँग विभिन्न प्रकारको बार्गेनिङ गरिरहेको विप्लव समूहले पनि चारपटक सोचविचार गरिकन आफ्ना निर्णयहरू पुनर्विचार गर्न आवश्यक देखिन्छ। उनीहरू शान्तिपूर्ण राजनीतिक यात्राकै बाटोमा फर्कनुपर्छ, त्यसैमा सरकारले परिकल्पना गरे अनुसारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना सम्भव छ।

(पौडेल नेपाल जेसीजका निवर्तमान महासचिव हुन्)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८