जमुना वर्षा शर्मा, पाेखरा – 

टयाक्सी गुड्यो सरर पोखराको बजारमा
कति आए कति गए हाम्रो नजरमा

(तिलकबम मल्ल)

चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ। फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ। गण्डकी प्रदेशमा झण्डै ६ हजार ट्याक्सी दर्ता छन्। यस भीडमा पोखरा महानगरपालिका वडा नं ५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ।

सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत रहेकी छन्। मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गरेकी छन्। सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गर्नुभएकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरे। दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्थिन्। प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे। उनलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र? उनलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्‍यो।

उनले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिकिन् र लगत्तै अनुमतिपत्र पनि लिइन्। श्रीमानलाई आफूले ट्याक्सी चलाउन चाहेको बताइन् तर उनले स्वीकृति दिएनन्। पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिए। कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमान्को साथ पनि थपियो।

उनले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकालिन्। विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो। फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उनी देशका कुनाकन्दरा पुगेकी छन्। धेरै रातका बाटो छिचोलेकी छन्। बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ। सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाएकी छन्। आफ्नो कामप्रति उहाँलाई उत्तिकै आत्मसम्मान छ। उनी निकै सन्तुष्ट छिन्।

हताश, निराश र अल्छी नमान्ने होे भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउँछिन्। उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन्। श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन्। दुवैको आम्दानी सन्तोषजनक छ। रिजर्भमा उनको खोजी बढी हुने गर्छ। एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन्। यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ।

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ। एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे। पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन्। चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ। पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाइन्। यस्तो भइरहन्छ। कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आएकी छन्। आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन्।

कुँवर भन्छिन् ‘सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन। मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ। त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन। आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु। अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन।’ यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनी बताउँछिन्।

‘सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ। सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो’, उनले भने। सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उनको विश्वास छ।

‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै
मायाले बोलाउँछ रुमाल हल्लाउँदै’

(एसके अधिकारी, राजेशकुमार श्रेष्ठ, नित्याशिवा)

(रासस)

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६