कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र पक्राउ गरिएकालाई यातना दिएको आराेपमा पक्राउ परेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको एक इजलासले उनीहरुलाई मुद्दा अनुसार बेग्लाबेग्लै धरौटी रकम माग गरेकाे छ।

कञ्चनपुर तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई प्रमाण नष्ट गरेको मुद्दामा ४/४ लाख तथा यातना दिएको मुद्दामा ५/५ लाख रुपैयाँ धरौटी माग गरेकाे छ।

त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन इन्सपेक्टर जगदीश भट्टलाई प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ। हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै सईहरु हरिसिंह धामी र रामसिंह धामीलाई ३ लाख ५० हजार तथा प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ। अदालतले मागेकाे धराैटी बुझाए उनीरू आजै छुट्नेछन्।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सिआइबीका डिएसपी अंगुर जिसीलाई भने यसअघि नै २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ।

एसपी विष्ट र इन्सपेक्टर भट्ट सेवाबाटै बर्खास्त भइसकेका छन् भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन्। गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। तर हत्याकाण्ड भएको सात महिना बितिसक्दा पनि अझै हत्यारा पक्राउ पर्न सकेको छैनन।

घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र पक्राउ गरिएकालाई यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी पन्त र पक्राउ गरी यातना दिइएका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले आठ प्रहरीविरुद्व मुद्दा दर्ता गरेका थिए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८