हुम्ला – ३ दिनदेखि सुत्केरी व्यथा लागेर शिशु बच्चा जन्माउन नसकेकी महिलाकाे आज (बिहीबार) बिहान उद्धार गरिएको छ। उद्धारमा भएकाे ढिलाइले आमाको ज्यान बचाए पनि शिशुलाई भने बचाउन नसकिएकाे हाे।

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको थियाे। उद्धारमा भएको ढिलाइका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भए पनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन्।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई ३ दिनदेखि सुत्केरी व्यथा लागेको थियो। बुधबार राति शिशुको एउटा हातमात्र बाहिर निस्किए पनि उनले शिशु जन्माउन सकिएन।

आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुर्‍याइएकाे थियाे। तर, ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भए पनि शिशुलाई भने बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहरा बताउँछिन्।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ। यस्ताे विकट ग्रामीण बस्तीका जनतालाई सर्वसुलभ स्वास्थ्यसेवा पुर्‍याउन स्थानीय, प्रदेश र केन्द्रीय तीनवटै सरकार लागिपर्नु आवश्यक छ भने समयमै ध्यान पुर्‍याउनु पनि जरुरी छ।

यदि समयमै ती सुत्केरी व्यथा लागेकी महिलाकाे उद्धार गर्न सकिएकाे भए आमाकाे ज्यान बचाउन सकिएजस्तै शिशु पनि बचाउन सकिने थियाे कि? भन्ने सर्वत्र चासाेकाे विषय बनेकाे छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८