झापा – आइजीपी सर्वेन्द्र खनालले प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन्। झापाको बिर्तामोडमा बिहीबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै खनालले यस्तो बताएका हुन्।

साथै उनले प्रतिकात्मक रुपमा नम्बर १ प्रदेशका ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई नम्बर १ प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनीकरण अभियानको शुभारम्भसमेत गरे।

सोही अवसरमा साहारा नेपाल नामक संस्थाको अगुवाइमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजरर १० वटा सवारी साधन ह्विल-लक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ।

उक्त अवसरमा आइजीपी खनालले प्रहरीको सडकमा उपस्थिति सम्बन्धी वस्तुस्थिति प्रस्तुत गर्दै विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको जानकारी दिए। उनले भने, ‘हाम्रो जस्तो मुलुकमा प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था छ।’ प्रविधिको प्रयोग सँगसँगै सडकमा उपस्थित हुने प्रहरी क्रमशः घट्दै गई सडकप्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुनेमा उनी विश्वस्त छन्।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै आइजीपी खनालले यसका लागि आमनागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए। ट्राफिक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई दक्षता अभिवृद्धि गर्न प्राप्त यस सहयोग अन्य जिल्लाका लागि समेत अनुकरणीय हुने उनले बताए।

नेपाल प्रहरी शान्ति सुरक्षाका सवालमा समाजका हरेक समस्याहरुलाई स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाहरुको सहकार्यमा संस्थागत रुपमा अघि बढ्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उनले प्रस्ट पारे। महिला हिंसा, सडक दुर्घटना न्यूनिकरण, लागूऔषध लगायत संगठनका विविध प्राथमिकताका विषयमा नेपाल प्रहरीले सूचना, सचेतना तथा साझेदारिताका कार्यक्रम राखेको उनले चर्चा गरे।

उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले धन्यवादव्यक्त गर्दै प्राप्त यो सहयोगले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सडक दुर्घटना न्यूनिकरणमा उत्कृष्ट कार्य गर्ने इन्स्पेक्टर राजेश राई तथा सडक दुर्घटना न्यूनिकरण महाअभियानमा सहयोग गर्ने बैंक, वित्तीय संस्था जस्ता विभिन्न क्षेत्रका अभियन्तालाई उक्त अवसरमा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६