किशोर विश्वकर्मा, विराटनगर – विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण प्रदेश १ का १४ जिल्लाको जनजीवन सामान्य प्रभावित भएको छ। बजार, उद्योग, कारखाना तथा शैक्षिक संस्थाहरु प्राय खुलेनन्।

सवारीका साधनहरु नचलेपछि सर्वसाधारण हिँडेरै गन्तव्य पुगेका छन्। जरुरी काम परेकाहरु महँगो भाडा तिर्दै भित्री सडकहरुको प्रयोग गरेर टेम्पो र सफारीको यात्रा गर्न बाध्य भए।

प्रदेशको अस्थायी राजधानी विराटनगर क्षेत्रका सडकहरुमा मोटरसाइकल तथा साना सवारीसाधनहरु मात्र सञ्चालन भए। इटहरी भएर पूर्वी पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा जाने बसहरु नचल्दा बसपार्कसम्म पुगेका यात्रुहरु बिचल्लीमा परेका थिए।

बिहान पश्चिमतर्फ जाने केही बस छुटे पनि पहाड तथा पुर्व जाने बसहरु सञ्चालन नभएको पूर्व नेपाल यातायात व्यवसायी कम्पनीका शाखा इञ्चार्ज किशोर धमलाले जानकारी दिए। यस्तै सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य मात्र परेको थियो।

उदयपुरमा सुतली बम

उदयपुरको कटारी गाउँपालिका -२ देवीधापस्थित शिवम् मल्टिपर्स प्रालिको गेटअगाडि रुखको फेदमा भेटिएको दुइवटा सुतली बम सेनाले डिस्पोज गरेको थियो। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार बेलसोतस्थित सेनाको कालिसिद्धि इञ्जिनियरिङ गणको टोलीले बम निस्क्रिय बनाएको हो।

बन्दले तेह्रथुम प्रभावित

तेह्रथुमबाट धरानतर्फ आउने कुनै पनि बस आज छुटेनन्। म्याङलुङ, जिरिखिम्ती, बसन्तपुर, मोराहाङ, संक्रान्तिबजारलगायत जिल्लाका बजारहरु आंशिक बन्द रहे। बिहानैदेखि जिल्लामा सुरक्षा सतर्कता बढाइएको तेह्रथुमका डिएसपी टेकबहादुर कार्कीले बताए।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७