सुर्खेत – पूर्वी सुर्खेतको भेरी नदी माथिका दुइवटा झोलुङ्गे पुल अलपत्र परेको छ। निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि ती झोलुङ्गे पुल निर्माणको काम अधुरो भएको हो।

साविकको जिल्ला विकास समितिमार्फत शुरु भएका ती पुल निर्माणको काम दुई वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले भेरीगंगा नगरपालिका र लेखबेसी नगरपालिका जोड्ने भेरी नदी माथिको साधीखोला पुल अधुरो छाडेको हो।

पुल निर्माणको अन्तिम म्याद थप गर्दासमेत ठेकेदार सम्पर्कमा नआएको स्थानीय बासिन्दा बताउँछन्। ठेकेदार गत वैशाखदेखि नै सम्पर्कमा नरहेको भेरीगंगा नपा -११, साँधीखोलाका झरसिंह बुढाले बताए। पुल निर्माणका लागि सबै प्रकारको सहयोग गर्न स्थानीयबासी तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनको भनाइ छ।

काठमाडौँको बहादुर थिङ निर्माण सेवा प्रालिले ६१ लाख दुई सय रुपैयाँको लागतमा साविकको जिल्ला प्राविधिक कार्यालयसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। सस्पेन्सन ब्रिज डिभिजन अन्तर्गतका ती पुलहरु १२ महिनाभित्र निर्माण भईसक्नु पर्ने सम्झौतामा उल्लेख छ।

पुलको हालसम्म दुवै तर्फको पिल्लरमात्र उठेको छ। त्यस्तै गुर्भाकोट नगरपालिकाको आपसोतीमा भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि बहादुर थिङ निर्माण सेवा कम्पनीले नै सोही अवधिमा सम्झौंता गरेको थियो। उक्त पुल एक करोड ५ लाख ४२ हजार नौ सय रुपैयाँमा कम्पनीले प्राविधिक कार्यालयसँग सम्झौंता गरे पनि हालसम्म फण्डिशन मात्र बनाएर अलपत्र छाडेको छ।

झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पुल नहुँदा नदी तर्ने क्रममा केहीले त ज्यानै गुमाएका छन्। अन्य समयमा केही सहज भए पनि वर्षातमा निकै समस्या हुने गरेको स्थानीय दीपा बोटेले बताईन्।

यता जिल्ला समन्वय समितिका प्राविधिक विष्णुबहादुर शाहीले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गर्न पत्र पठाएको भए पनि अटेरी गरिरहेको बताए। उनका अनुसार विभिन्न कारण देखाउँदै काम छोडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ।

सडकको पहुँच अहिले नपुगेका र चाँडै पुग्ने सम्भावना कम भएका स्थानमा सस्पेन्सन ब्रिज डिभिजनले झोलुङ्गे पुल निर्माण गर्दै आएको छ। ठेकेदारले एउटै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभित्र पूरा हुन सकेका छैनन्।

जिल्ला समन्वय समितिको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्यले पूर्णता पाउन नसकेको हो। आपसोतीमा पुल निर्माण नहुँदा जोखिम मोलेर काठको डुङ्गाबाट भेरी नदी वारपार गर्नुपरेको वीरबहादुर वलीले बताए। उनले भने, ‘पुल नहुँदा दैनिक उपभोग्य सामग्रीमा महङ्गो शुल्क तिर्नु परेको छ।’

यता पूर्वाधार विकास कार्यालयका प्रमुख कमलकुमार अधिकारीले ती झोलुङ्गे पुलहरुको कागजात आए पनि बजेट जति स्थानीय तहमा गएकाले प्राविधिक सहयोगबाहेक अरु केही गर्न नसकिने जानकारी दिए। उनका अनुसार बजेट जति स्थानीय तहमा गएकाले अब स्थानीय प्रतिनिधिले नै ठेकेदारलाई खबरदारी गर्नुपर्छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६