भवानी अधिकारी


चुनाव आउँछ, जान्छ। हामी लालीपपमा भुलिन्छौं। आश्वासनमा मख्ख पर्छौं।हरेक चुनावी भाषणमा हामी लुटिन्छौं। क्षेत्रीय समस्याहरू क्षेत्र क्षेत्रमा आफ्नै छन्। हाम्रा राष्ट्रिय समस्याहरू झनभन्दा झन जटिल बन्दै जाँदैछन्। सबै जाति विकासका रफ्तारमा छन्। हामी चिनारीका संकटले जेलिएका छौं।विभिन्न ठाउँका आफ्ना अफ्ठ्याराहरू छन्। सबैको सामना गर्दै अघि बढ्नु छ। राष्ट्रिय चुनाव आउँदा खिन्नता बाहेक हामीलाई अरू केहिले घेर्दैन। राष्ट्रियस्तरमा हामी दार्जीलिङलाई हेर्छौं। अफशोच दार्जीलिङ आफ्नो भाषीसम्म सांसद पठाउन सक्षम नभएको हामी अनुभव गर्छौं।

भारतीय नेपाली–गोर्खा समुदाय दार्जीलिङबाट प्रेरित बनी सदा अघि बढ्यो।देशको संविधान निर्माण, साहित्य संस्कृति आदि देखि भाषा आन्दोलनसम्म यो हाम्रो केन्द्र रह्यो। दुर्भाग्य अखिल भारतीय नेपाली भाषा समितिले दार्जीलिङ छोड्न बाध्य हुनु पर्‍यो। हाम्रो हार यहींबाट शुरू भयो। भाषाले मान्यता पाएका यति वर्ष पनि सजातीय जग सदा हल्लिइरहेको छ। देशभरि चिनारीको समस्या छ।

दार्जीलिङ आफू–आफूमा लडिरहेको छ। यहाँसम्म कि आफ्नो भाषी सांसद पठाउन पनि असमर्थ देखिन्छ। यता उत्तरपूर्वका मानिस विशेष मणिपुर, मेघालय उता जमीन किनेर सुरक्षाका खोजीमा यताबाट उता पलायन भइरहेका छन्। राहत खोज्न जाने अन्योलमा परेका छन्। समस्या जटिल हुँदै जाँदैछ। हाम्रो कुरा राख्ने आफ्नो प्रतिनिधि नै छैन। जमीनमा पैसा बिग्रिने उति छन्। न पलायन रोकियो, न सबै सुरक्षित थन्किए।

राहत खोज्न जाने अन्योलमा परेका छन्। समस्या जटिल हुँदै जाँदैछ। हाम्रो कुरा राख्ने आफ्नो प्रतिनिधि नै छैन। जमीनमा पैसा बिग्रिने उति छन्। न पलायन रोकियो, न सबै सुरक्षित थन्किए।

‘गोर्खा यहाँको हो’ अर्कासँग भनाउने हुँदा ‘तिमी कहाँका?’ यो प्रश्न आउन लाग्यो। हामी आफ्ना लागि आफै बोल्न नसक्ने। अर्काले बोलिदिएर आफ्नो चिनारी कसरी दिन सक्छ। आफूलाई चिनाउन आफै बोल्नु पर्छ। अर्काले यो फलानो र आफूले म फलानो भन्नमा धेरै फरक पर्छ। बासभूमि अर्काले दिलाउँछ हाम्रो कत्रो भ्रम। व्यथा आफ्नो हो अर्कालाई कसरी दुख्छ?

हामी उत्तर पूर्वकाहरू त्यस भेकका हरेक कुरामा सदा भावुक भई कुनै न कुनै रुपमा सहयोग पुर्‍याइरहेका हुन्छौं। तर दुखको कुरो दार्जीलिङ यति छोटो राजनीति गरी दिन्छ हाम्रा सपना चकनाचूर हुन्छन्। बासभूमि अर्कैले दिलाउँछ, समस्याका समाधान अर्कैले गरिदिन्छ। पछि प्रदेश प्रमुख अर्कै हुन्छ। तब हामी किन बन्द हडतालमा होमिनु? ज्यानको बलिदान किन र कसका निमित्त दिनु? देशभरिका आफ्ना सन्तानका आशा आकांक्षालाई कसले टेवा दिने?

चुनाव फेरि आउँदैछ। दार्जीलिङ फेरि फुटे हाम्रो भविष्य अन्धकारमा डुब्दै जानेछ। आफ्ना कुरा व्यक्त गर्न सक्ने नेता हामी माझ छैनौँ भने हामी किन राजनीतिको डंका पीटी आपसमा लडी रहने?

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४