निर्वाचनपश्चात् दुईतिहाइको सरकार बनेपछि नेपाल राजनीतिक अस्थिरताबाट मुक्त हुने एउटा दृढ अपेक्षा थियो। तर, राजनीतिक घटनाक्रमले त्यो अपेक्षा व्यर्थ सावित हुँदै गएको देखाएको छ। पछिल्लो समयमा नेकपा ‘विप्लव’माथिको सरकारको प्रतिबन्धपछि त त्यो अपेक्षा अझ क्षीण बनेको छ।

यसको मूल कारण भनेको पुष्पकमल दाहाल प्रचण्ड नै हुन्। १० वर्षे जनयुद्धमा संलग्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले युद्ध समाप्त गरेँ भनेर उनी शान्ति सम्झौतामा आएका हुन्। अध्यक्ष प्रचण्डले माओवादी लडाकुमध्ये आधालाई जङ्गलमै लडिरहन छोडेर आधालाई मात्र लिएर शान्ति सम्झौतामा आएका होइनन् र उनले त्यस्तो भनेका पनि थिएनन्। त्यसैले सिङ्गो माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर मूलधारको राजनीतिमा संलग्न गराउने नैतिक जिम्मेवारी पनि प्रचण्डकै थियो। तर, त्यो नैतिक जिम्मेवारी पूरा नगरेर सम्भवत: प्रचण्ड–विप्लवले सल्लाह गरेर नै विप्लव लगायतका केही लडाकुलाई हतियार बन्द नै राखियो। किरण लगायतका केही नेताहरू, जसले प्रचण्डलाई नेता मानेनन् तिनीहरू अलग्गै भएर बसे। तर, विप्लव, रामबहादुर थापा बादलजस्ता नेताहरू शुरुदेखि नै प्रचण्डकै निर्देशनमा काम गरिरहेका हुन्। मुख्य लडाकु बादल र उनको एउटा ‘असिस्टेन्ट’ विप्लव थिए र यसमा चेन अफ कमान्ड ब्रेक पनि भएको थिएन।

विप्लवले शुरु गरेको हिंसा, आगजनी र ‘दहशत’को क्रियाकलाप रोक्न ओली सरकारले विप्लवको पार्टीमाथि नै प्रतिबन्धको घोषणा गरेको छ। तर, प्रतिबन्ध समस्याको समाधान पटक्कै होइन। ओलीले लगाएको यो प्रतिबन्धप्रति नेकपा सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले खुलेरै असहमति प्रकट गरेका छन्। दुई अध्यक्षले मात्रै यस्तो गम्भीर विषयमा निर्णय लिएकोप्रति उनीहरुको असन्तुष्टि देखिन्छ। तर, उनीहरु खुलेर अध्यक्षद्वयको विरुद्धमा जान भने सकेका छैनन्।

विप्लवमाथि प्रतिबन्ध लगाएको भोलिपल्टै प्रचण्डले सार्वजनिक रुपमै विप्लवले आफूलाई मार्न मानिस खटाएको सूचना पाएको अभिव्यक्ति दिए। तर, यस्तो सूचना सुरक्षा निकायले भने नपाएको प्रष्टीकरण समेत आयो। कम्युनिष्ट आन्दोलनको इतिहालाई हेर्ने हो भने प्रभावशाली नेतालाई मारेरै अघि बढ्ने प्रवृत्ति देखिन्छ। विगतमा आफ्नै कार्यकर्ता, अझ भनौं आफ्नै लाइनमा हिँडेका विप्लवले त्यस्तो निर्णय लिएको भएपनि आश्चर्यको रुपमा लिनुपर्ने देखिँदैन। यद्यपि, यति चाँडै विप्लवले प्रचण्डलाई मार्नैपर्ने निष्कर्षमा पुग्नुपर्ने कुनै कारण भने देखिँदैन। प्रचण्डले अनावश्यक हौवा फैलाएर विप्लवमाथिको प्रतिबन्धलाई पुष्टि गर्न खोजेको मात्रै देखिन्छ।

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५