काठमाडौँ – गोकर्णेश्वर नगरपालिकामा एक हजार ५० घर पुनः निर्माण भएको छ। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका दुई हजार ९३३ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो।

नगरपालिका पुनःनिर्माण शााखा प्रमुख इञ्जिनीयर कुशुम देवले भूकम्पले क्षति पुर्याएका दुई हजार ९३३ घरधुरीमध्ये दुई हजार ५०३ घरपरिवारले पहिलो किस्ता, एक हजार ४१२ घरपरिवारले दोस्रो किस्ता र एक हजार ५० घरपरिवारले तेस्रो किस्ताको रकम लिइसकेको जानकारी दिए।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्तावापत पचास हजार, दोस्रो किस्तावापत एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्तावापत एकलाख रुपैयाँ प्रदान गर्दै आएको छ। नगरपालिका प्रमुख सन्तोष चालिसेले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताए।

नगरपालिकामा नौ वडा रहेका छन्। कूल २७ हजार १०६ घरधुरी रहेको उक्त नगरपालिकामा एकलाख ७३ हजार जनसङ्ख्या रहेको छ। यस्तै, नगरपालिकाभित्र घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ।

भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए। (रासस)

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४