काठमाडाैँ – नयाँ शक्ति पार्टी नेपालले ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज (साेमबार) आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहनाविपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरूलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ।

आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको उल्लेख गरे।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै उनले लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिए।

ऐन कानून तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त भएको उल्लेख गर्दै संयोजक डा. भट्टराईले यसै महिना हुने लगानी सम्मेलनलाई विगतको झैँ औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५