काठमाडौँ। नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश गरेको छ।

सो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरुसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्ने निर्णय भएको महासचिव रमेश विष्टले जानकारी दिए।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले गत फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइ आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आगामी मे २ र ३ तारिखमा मनाउने राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलनमा महासङ्घका सबै पूर्वअध्यक्ष तथा सभापति, महासङ्घले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

सो अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र प्रतीक चिह्न प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मानसमेत गरिनेभएको छ। रासस

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३