काठमाडौँ । बिहीबार राजधानी लगायत देशका विभिन्न भागमा सम्पन्न कार्यक्रम र घटनाका तस्वीर ।

बाजुराकोल बडीमालिका र बुढीनन्दा नगरपालिका स्थित पर्यटकीय क्षेत्र पोरखे लेकमा आन्तरिक पर्यटक हिउँमा सेल्फी खिच्दै।

तस्वीरः प्रेम रौले 

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिँदै ।

तस्बिरः रोशन सापकोटा

राष्ट्रपति भवन, शीतलनिवासमा बहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितमा प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्ष विजयकुमार दत्त, थारु आयोगको अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष समीम मियाँ अन्सारीलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।

तस्वीर: नवीन पौडेल

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह बिहीबार बुढीनन्दा नगरपालिकाको कोल्टीमा सुनन्दा दैनिक पत्रिकाको विमोचन गर्दै।

तस्बीरः प्रेम रौले

कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार होली पर्व मनाउँदै स्थानीय।

तस्बीरः शेरबहादुर सिंह

विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौँको स्वयम्भूनाथ मन्दिर।

तस्वीर: रत्न श्रेष्ठ

रङ्गको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय गोबरको गुइँठामा आगो घरमा लैजानका लागि पालो पर्खदै। जलाइएको होलिकाबाट गोबरको गुइँठामा घर लगिएको आगो वर्षभरि बाल्नुपर्ने थारु समुदायमा चलन रहेको छ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु

विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संंघीय सांसद अमनलाल माेदी फागु पूर्णिमाको अवसरमा होली खेलेर रमाइलो गर्दै।

तस्वीर: मनोज दाहाल

महानायक गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित माइतीघर मण्डलमा दीप प्रज्ज्वलन गर्दै ।

तस्वीर: रोशन सापकोटा

नेपाली काँग्रेस बैतडीले बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको अन्तरक्रिया कायर्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक।

तस्वीर: बिनोदसिंह विष्ट

राष्ट्रियसभाका सदस्य तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे बिहीबार बाजुराका चार स्थानीय तह जोड्ने कर्णाली करिडोरको लैफुदेखि लेव्डुसम्म यातायात सञ्चालन सडक उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै।

तस्वीर: प्रेम रौले

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा बाजुराका चार स्थानीय तह जोड्ने कर्णाली करिडोरको लैफुदेखि लेव्डुसम्म यातायात सञ्चालन सडक उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै।

तस्वीर: प्रेम रौले

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, २ फाल्गुन शुक्रबार १९:५८

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

२०७६, ३ फाल्गुन शनिबार १७:४५

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

आइतबार दिनभरका प्रमुख खबरहरु – छुटाउनु भयो कि ?

२०७६, ४ फाल्गुन आईतवार २०:१६

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

मछिन्द्र क्लबले जित्याे ए डिभिजन लिगकाे उपाधि

२०७६, ३ फाल्गुन शनिबार १५:४२

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

भ्रमण वर्षलाई लक्षित गरी सङ्ग्रहालय

२०७६, ३ फाल्गुन शनिबार १७:४१

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

फिल्मफेयर २०२०ः रणवीरले पाए उत्कृष्ट अभिनेताको उपाधि

२०७६, ४ फाल्गुन आईतवार १३:०७

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

स्यानिटरी प्याडः अहिले निःशुल्क, पछि के होला?

२०७६, ३ फाल्गुन शनिबार १७:४०

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

महराविरुद्धको सुनुवाइ सकियो, फैसला सोमबार सुनाइने

२०७६, ४ फाल्गुन आईतवार १७:५६

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

वुहानबाट १७५ नेपालीको उद्धार, १० जना चीनमै रोकिए

२०७६, ३ फाल्गुन शनिबार २२:५९

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

त्रिभुवन आर्मी भर्सेस मछिन्द्र क्लब (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १३:५१

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

आइपीएलको खेल तालिका सार्वजनिक, सन्दीप आबद्ध दिल्लीको खेल कहिले? (तालिका)

२०७६, ४ फाल्गुन आईतवार १०:२०

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

त्रिभुवन आर्मीविरूद्ध मछिन्द्रकाे सुरूवाती अग्रता (लाइभ)

२०७६, ३ फाल्गुन शनिबार १४:२४

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

२०७६, २ फाल्गुन शुक्रबार ०८:३३

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले मार्ला बाजी?

टी–२० सिरीजकाे निर्णायक खेलमा भिड्दै इंल्याण्ड र दक्षिण अफ्रिका, कसले…

२०७६, ४ फाल्गुन आईतवार ११:०३

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

बेलायतका सेनाप्रमुख नेपाल भ्रमणमा

२०७६, ४ फाल्गुन आईतवार ११:२६