पुस १७, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले अङ्ग्रेजी नयाँ वर्ष–२०१९ जनवरी १ देखि सवारी साधनलाई हर्न बजाउन र नगरबासीलाई प्लाष्टिक प्रयोगमा निषेध गरेको छ।

अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्दै महानगरलाई सफा, स्वच्छ र सभ्य बनाउन हर्न र प्लाष्टिक प्रयोगमा बन्देज लगाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.भीष्म भुषालले बताए।

महानगरपालिकाले नो हर्न, नो प्लाष्टिक, ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटो’ लगायतका नारा लेखिएको प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो।

महानगरले शुरु गरेको सचेतना अभियानमा एक हप्ता जनचेतना जगाउने र त्यसपछि पनि अटेर गरेमा दण्डात्मक नीति अपनाइने भुषालले बताए।

त्यसैगरी महानगरले जथाभावी प्लाष्टिक फाल्नेको फोटो खिचेर दिएको खण्डमा उसलाई जरिवानाबापतको २५ प्रतिशत रकम उपलब्ध गराइने घोषणा गरेको छ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वार्षिक १२ करोड रुपैयाँ खर्च गर्दासमेत महानगरपालिका सफा हुन नसकेकाले अब कारबाहीको बाटो अपनाउनु परेको बताए।

‘वीरगञ्जलाई फोहोर र कोलाहलरहित वातावरण बनाउन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई शुरुमा कम्तीमा ५ हजार जरिवाना गर्छौं,’ उनले भने, ‘त्यसपछि पनि यो कार्य दोहोर्याएमा १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।’

महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगञ्ज महानगरपालिकालाई पुस १७ बाट हर्न र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

1 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार