ध्रुवसागर शर्मा, गलेश्वर – रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका जन्मजात दृष्टिविहीन खिमप्रसाद छन्त्यालको जीवन अत्यन्त कष्टकर रूपमा बितिरहेको छ। जन्मँदै आँखाको दृष्टि गुमाएका छन्त्यालले जन्मेपछि सानै उमेरमा बुबाआमा पनि गुमाएका थिए।

बाबुआमाको मृत्युपछि रोजगारीको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए। एउटी बहिनी पनि दृष्टिविहीन। दिदीले गाउँकै युवकसँग विवाह गरेपछि घरमा दुई दृष्टिविहीन दाजु बहिनी मात्र रहेका थिए। समयसँगै निकै परिवर्तन आए। कति शिशिर आए गए। तर, खिमप्रसादको जीवनमा कहिल्यै वसन्त आएन। खुशीको स्वााद कस्तो हुन्छ छन्त्यालले कहिल्यै अनुभव गर्न पाएनन्।

करिब ५५ वर्षीय छन्त्यालले २ दशक अघिदेखि जीवन गुजार्नका लागि बाँसको चोयालाई रोजेर डोको बुन्न थाले। चोयालाई बटार्दै र मिलाउँदै डोको बुन्ने गरेका उनको जीवन पनि चोयासँगै चिरिँदै र भाटासँग मिसिँदै रित्तो डोको जस्तै बनेको छ।

जिल्लाको विकट क्षेत्रमा पर्ने ठाडाखानीमा दृष्टिविहीन भएकै कारण बाँच्ने आधार केही नभएपछि उनले जीवनलाई सधैँका लागि विश्राम दिने प्रयास पनि नगरेको होइन। गाउँमै विवाह गरेकी दिदी, आफन्तको सहयोगमा बिहानबेलुकीकाे छाक टार्ने गरेका खिमप्रसादले सधैँ मागेर गुजारा चलाउनुपर्ने अवस्थालाई अन्त्य गर्न आफ्नै हातको सीपलाई खर्चिएर डोको बुनेर गुजारा चलाउँदै आएका छन्।

उनले हातको सहाराले डोको बुन्ने गरेका छन्। आफन्तको सहयोगमा आवश्यक सामग्री जुटाएपछि बुनेको डोकालाई स्थानीयबासीले समेत खरिद गर्ने गरेका छन्। “घरमा एक्लै हुनुहुन्छ, गाउँमा धेरै दुःख पाउनेमा उहाँको नाम अगाडि आउँछ,” वडा सदस्य टेकजीत छन्त्यालले भने।

सदस्य छन्त्यालका अनुसार खिमप्रसादले घरमै सहयोग गर्ने सदस्य नहुँदा विवाह गरेर गएकी दिदी, आफन्त र गाउँलेको सहयोगमा दिन बिताउनुपरेको छ। “गाउँमा अभावको अर्को नाम नै खिमप्रसाद हो,” उनले भने, “कतैबाट आर्थिक सहयोग भए उहाँलाई जीवन चलाउन निकै सहज हुने थियो।”

वडाबाट सामान्य सहयोग गर्न सकिने भए पनि गाउँमा आर्थिक अवस्था कमजोर भएका धेरै भएकाले आगामी बजेटमा प्रस्ताव लैजाने सदस्य छन्त्यालले बताए। बिहानबेलुकी हातमुख जोड्न, लत्ताकपडासहित औषधि उपचारका लागि सहयोगको आवश्यकता रहेको उनको भनाइ छ।

सम्पत्तिको नाममा सानो घर, केही जग्गाजमीन रहे पनि दृष्टिविहीन भएकै कारण प्रयोग गर्न तथा ज्याला मजदूरी गर्न नसक्ने भएकाले डोको बुन्न थालेको खिमप्रसादले बताए। “दुई हातले छामछुम गरेरै भए पनि सकेसम्म डोको बुन्छु, धेरै पीडा हुँदासमेत आँसु आउँदैन, भएको आँसु बगेर गइसक्यो,” दृष्टिविहीन खिमप्रसादले भने।

बाँच्ने आधार नै डोको बुन्ने पेशा भएकाले नमरुञ्जेलसम्म हातले डोको बुन्ने उनको भनाइ छ। डोकोसहित आवश्यक सामग्री बनाउन बाँसको चोया काट्ने क्रममा धेरैपटक हँसियाले हातमा चोट लागे पनि त्यसको वास्ता नगरी डोको बुनिरहेको उनले बताए।

उनले बुनेका डोका गाउँमा नै खपत हुने गरेका छन्। दृष्टिविहीन भएकै कारण न्यूनतम आवश्यकताबाट समेत वञ्चित भएकालाई स्थानीय जनप्रतिनिधि तथा निकायबाट समेत सहयोग हुने गरेको छैन।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५