काठमाडौँ – ६ वर्ष अघि जनकपुरमा पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साह सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
आइतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाई चलिरहेको थियो। जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो।
उक्त बम विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो। दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा जनकपुरबाट जितेका थिए। पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालिन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए।
पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत भएका थिए । बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखेको थियो ।
तीनमा बैशाखको पहिलो हप्ता देखि बहस सुरू हुने श्रेष्तेदार झाले बताए। धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएपनि उनले उच्च अदालतमा त्यसको पुनरावलोकन दिन भने पाउँछन्।


लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने
२०७६, २५ मंसिर बुधबार १८:१३

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…
२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर
२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार
२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या
२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद
२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प
२०७६, २६ मंसिर बिहीबार २०:४७

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!
२०७६, २५ मंसिर बुधबार १६:४९

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै
२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा
२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने
२०७६, २६ मंसिर बिहीबार १७:०२

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)
२०७६, २६ मंसिर बिहीबार १७:१५

प्रहरी सक्रियतामा रोकियो बालविवाह
२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट
२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू
२०७६, २६ मंसिर बिहीबार १८:५९
