काठमाडौँ – प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन्।

गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन्। सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स (यूएई), मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्नेछन्।

पहिलो पटक राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीले सहभागिता जनाउन लागेका हुन्। सङ्घका अनुसार आठौँ खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमा कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ (५० केजी मुनि), लक्ष्मण मगर (५५ केजी मुनि), उत्तम गुरुङ (६० केजी मुनि), ननबहादुर थापा (६५ केजी मुनि), जनकसिंह खड्का (७५ केजी मुनि), नोर्बु तामाङ (८४ केजी मुनि), लोकमानसिंह श्रेष्ठ (८४ केजीमाथि) रहेका छन्।

त्यसैगरी टिम कुमुतेतर्फ कुमार भुसाल, लोकबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, जनकसिंह खड्का, लोकमान सिंह श्रेष्ठ, महिला कुमुतेतर्फ शान्तिदेवी अधिकारी (६८ केजी मुनि), कराँतेको कातातर्फ विमला तामाङ, फुल कन्ट्याक्ट कराँतेमा अविरल घिमिरे (७० केजी)ले प्रतिष्पर्धा गर्नेछन्।

त्यसैगरी जुडोमा मोहन बम (६० केजी), बक्सिङमा प्रचण्ड केसी (५६ केजी), टेनिस एकलमा अमृत पौडेल, संरक्षक बज्राचार्य, टेनिस युगलमा अमृत पौडेल र संरक्षक बज्राचार्यले प्रतिष्पर्धा गर्नेछन्। गल्फतर्फ लपकुमार गुरुङ (एकल), ब्याडमिन्टनमा बिक्की बुढा, सूर्य गिरी, हीरालाल श्रेष्ठ (एकल) र सूर्य गिरी, हीरालाल श्रेष्ठ (युगल) तथा एथ्लेटिक्समा नारी चन्द (फुल म्याराथन), तेक्वान्दोमा नवीन श्रेष्ठ (६८ केजी मुनि), पुष्प थापामगर (६७ केजी)मा प्रतिष्पर्धा गर्नेछन्।

आठौँ राष्ट्रिय खेलकूद चैत अन्तिम साताबाट हुने बताइएको भएपनि मिति तोकिएको छैन। (रासस)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९