पुस १८, सुर्खेत। सरकारले जतिसुकै प्रचारप्रसार र सचेतनाका कार्यक्रमहरु सञ्चालन गरे पनि सुर्खेतका बजारहरुमा उपभोक्ता ठगिने क्रम रोकिएको छैन। जिल्लामा प्रभावकारी बजार अनुगमन नहुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन्।

नियमित बजार अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ। दैनिक उपभाेग्य सामग्रीहरूकाे मूल्यमा पनि एकरुपता छैन। दशैँअघि बजार अनुगमनमा निस्किएका संयुक्त बजार अनुगमन समितिले दैनिक उपभोग्य सामानको फरक–फरक मूल्यमा विक्री भइरहेकाे फेला पारेकाे थियाे।

वीरेन्द्रनगर बजारका एउटा किराना पसलले ४२० रुपैयाँमा बेचेको १ किलो जिरा सामुन्नेको किराना पसलले ४५० रुपैयाँ लिने गरेको पाइएको थियो।

प्रशासन र सरोकारवालाको बेवास्ताका कारण मनपरी रोकिएको छैन। जिल्लामा उद्योग वाणिज्य संघले मूल्यसूची अद्यावधिक गरेको छैन। वीरेन्द्रनगर नगरपालिकासहितको टोलीले दशैँअघि वीरेन्द्रनगर आसपासका केही स्थानमा बजार अनुगमन गरेको थियो। अनुगमन समितिका सदस्य तथा खाद्य निरीक्षक भेषबहादुर थापाका अनुसार दर्ता नगरी सञ्चालन भएका र सामान्य कैफियत भेटिएकाले पसललाई सचेत गराइएकाे छ।

अनुगमन समिति जिल्लाका सबै व्यापारिक केन्द्रसम्म अझै पुग्न सकेको छैन । इन्धन, जनशक्ति र स्रोतको अभाव देखाउँदै अनुगमन नभएको उनीहरु बताउँछन्। अनुगमन समितिले कारबाही गर्ने भन्दा पनि सचेत गराउने उद्देश्य रहेको बताउँदै आएको छ। ‘ठूलो गल्ती केही पाइएन, सुधारका लागि भनेका छौँ,’ खाद्य निरीक्षक थापाले भने, ‘कारबाहीभन्दा पनि सचेत गराउने उद्देश्य हो ।’

फितलो अनुगमनले उपभोक्ता ठगिँदै

बजार अनुगमन फितलो भएका कारण जिल्लाका व्यापारिक केन्द्रहरूमा म्याद गुज्रिएका सामान बिक्री हुने गरेकाे छ। सदरमुकाम आसपासका व्यापारिक केन्द्रमा मात्र प्रशासनले झारा टार्ने अनुगमन गर्ने गरेको छ। नेपालगन्ज र भारतबाट अवैध रूपमा भित्रिने उपभोग्य सामानमा जथाभावी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ। राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले अधिकांश पसलमा मूल्य सूची नहुँदा सामानको वास्तविक मूल्य थाहा पाउन नसकिएको जनाए । जिल्लाका ८० प्रतिशतभन्दा बढी पसलमा मूल्य सूची राखिएको छैन।

बिल पाउँदैनन् उपभोक्ता

अधिकांश व्यवसायीले सामान खरिदपछि बिल दिँदैनन् । बिल माग्दासमेत व्यापारीले नदिएकाे  गुनासाे राष्ट्रिय उपभोक्ता मञ्चसम्म पुग्ने गरकाे छ।मञ्चका सुर्खेत सदस्य राज केसीले वीरेन्द्रनगरका अधिकांश व्यवसायीले सामान खरिद गर्दा बिल नदिने गरेको बताउँछन्। ‘यस सम्बन्धमा उनीहरुलाई सचेत पार्न र नमाने कारबाही गर्न आवश्यक छ,’ उनले भने ।

अनुगमन बढाउन माग

उपभोक्ता अधिकारकर्मीले व्यापारीको लापरबाही बढेकाे भन्दै बजार अनुगमन र नियमन बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उपभोक्ताले व्यापारीद्वारा गुणस्तरहीन वस्तुको खुलेआम बिक्री वितरण गरेको, आफुखुशी मूल्य निर्धारण गरेको, नापतौलमा ठगी गरेको, काटे्लिङ र कालोबजारी गरेको भन्दै नियमन बढाउन प्रशासनसँग माग गरेका हुन्।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९