पुस १८, सुर्खेत। कर्णाली प्रदेश सरकारले मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ। अबको एक वर्षभित्र प्रदेश स्तरीय मेडिकल कलेज सञ्चालनमा ल्याउने गरी तयारी शुरु गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन्।

हेल्थ असिस्टेन्ट संघ कर्णाली प्रदेशद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रावलले आउँदो वर्षभित्रै प्रदेश स्तरिय मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिए।

उनले स्वास्थ्य क्षेत्रमा काम गरी गाउँबस्तीमै सेवा दिने स्वास्थ्यकर्मीलाई डाक्टर पढाउने प्रदेश सरकारको योजनासमेत रहेको बताए। ‘प्रदेश सरकार मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनमा जुटेको छ,’ उनले भने, ‘मेडिकल सञ्चालनका लागि आवश्यकता परे केन्द्र सरकारसँग समेत समन्वय गरेर अगाडि बढ्छौं।’ उनले कर्णालीमा मेडिकल कलेज सञ्चालनमा आएपछि सर्वसाधारणको स्वास्थ्य पहुँचमा सर्वसुलभता आउने अपेक्षा राखिएको बताए।

कार्यक्रममा कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रीता भण्डारीले हेल्थ असिस्टेन्टहरुले वृद्धि विकासलाई सहयोग पुग्ने खालको सेवा प्रवाह गर्न सुझाव दिइन्। उनले संघसंगठनहरु एकजुट भएर लागे कर्णालीमा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउने प्रदेश सरकारको लक्ष्यलाई पूरा गर्न सकिने बताइन्। अहिले स्वास्थ्य क्षेत्र नै अस्वस्थ भएकाले निराकरणका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा कर्णाली प्रदेशका दशवटै जिल्लाका करिब ३ सय हेल्थ असिस्टेन्टको सहभागिता रहेको छ। आगामी फागुन २४ र २५ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय ‘हेल्थ असिस्टेन्ट नेपाल’ कर्णाली प्रदेशको सम्मेलन तयारीका लागि कार्यक्रम आयोजना गरिएको संघका कर्णली प्रदेश अध्यक्ष अर्जुन सुनारले जानकारी दिए।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९