डोटी – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि टोली गठन गरिएको छ।

खड्का बेपत्ता भएको करिब ८ महिना पुग्नै लाग्दा पनि उहाँको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो।

महासङ्घका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित उक्त खोजी टोलीमा प्रेस चौतारीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष कर्ण चन्द र पत्रकार महासङ्घका कोषाध्यक्ष अरुण बम छन् ।

टोलीले बेपत्ता भएका पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश समिति र सरकारका सम्बन्धित निकायमा पेश गर्ने अध्यक्ष बलायरले बताए।

उनले भने, “पत्रकार खड्का हराएको लामो समय भइसकेको र अहिलेसम्म पनि कहीँ कतैबाट कुनै कुरा पत्ता नलागेकाले हामी आफ्नै पहलमा खोजी कार्य गर्दैछौँ।” गत भदौ १० गते बाजुराको बुढीनन्दा मेलाबाट रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कविहीन भएका खड्का अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियनका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल र केन्द्रीय प्रसारणमा समेत काम गरेर पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए।

पत्रकार खड्का हराएलगत्तै स्थानीयस्तरमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरे पनि फेला पारेको थिएन। आफ्नो घरको सदस्य हराएको लामो समय भइसक्दासमेत कुनै आधिकारिक खबर नआउँदा घरपरिवार निकै तनावमा परेको उनका दाजु तथा कांग्रेस नेता जितबहादुर खड्काले बताए। (रासस)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९