काठमाडौँ – पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन पेरोल अनिवार्य आवश्यक पर्ने या नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाए पश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सूचना विभागलाई निर्देशन दिएसँगै पक्ष र विपक्षमा बहस भइरहेको छ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गराउन सरकारले दिने प्रेस पासका लागि तलबको बैंकमा पठाएको प्रतिवदन (पेरोल) अनिवार्य गरिएको जानकारी दिए। ‘हामीले पत्रकारको न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि तलब बैंकमा पठाएको प्रतिवेदन (पेरोल) लाई अनिवार्य बनाउने भनेका हौँ, मिडियामाथि कुनै किसिमको नियन्त्रण गर्ने कुरै होइन, प्रवक्ता तिवारीले भने।

कतिपय सञ्चार क्षेत्रका विज्ञहरुले न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकारले उठाएको कदम स्वागत योग्य भएको बताएका छन् भने कतिपयले प्रेस पासका लागि सरकारले व्यक्तिगत गोपनियतासँग समेत जोडिएको बैंक स्टेटमेन्ट माग गरेको भन्दै प्रेस पासमा अङ्कुश लगाउन खोजिएको तर्क गर्दै आएका छन्।

के भन्छन् पत्रकार ? 

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द विष्टले प्रेस स्वतन्त्रताको हक र श्रम शोषण विरुद्धको हक दुवै संविधानले सुनिश्चित गरेको विषय भएकाले एउटाको आडमा अर्कोलाई निष्क्रिय गर्न नमिल्ने बताए।

प्रेस चौतारी नेपालका महासचिव राजेश राईले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारले गरेको प्रयास स्वागतयोग्य रहेको बताए। अन्यथा मान्नुपर्ने केही छैन, सबै बोल्ने र लड्ने आफ्नो वर्गको लागि हो, मालिकहरुको वर्ग पक्षधरता स्वभाविक छ, श्रमजीवी पत्रकारको श्रमको मूल्य दिइदाँ वा दिन बाध्य पारिँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कही कतै कुन्ठित भएको छैन’ उनले भने ।

मन्त्रालयको उक्त पत्रको आधारमा विभागले माघ १८ गते सबै सञ्चार माध्यमलाई विभागबाट प्राप्त हुने सेवा लिन बैंकमा पठाएको तलबी प्रतिवेदनको प्रमाणित प्रतिलिपि र तलब भत्ता बैंकमा जम्मा गर्न अनुरोध गरी लेखिएको पत्रको बैंकद्वारा प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने व्यहोराको पत्र पठाइएको थियो।

विभागका अनुसार पछिल्ला दुई महीना फागुन र चैतमा २६ पत्रकारले प्रेस पास नवीकरण गराएका छन्। सरकारले गत कात्तिक १ गतेदेखि लागू हुने गरी श्रमजीवि पत्रकारको न्यूनतम तलबमा २५ प्रतिशतले वृद्धि गर्दै २४ हजार तीन सय पुर्याएको थियो।

लोकप्रिय

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

२०७६, ३० श्रावण बिहीबार १७:३८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

२०७६, ३० श्रावण बिहीबार ०८:५४

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

कलेजो स्वस्थ राख्नुका फाइदा

कलेजो स्वस्थ राख्नुका फाइदा

२०७६, ३० श्रावण बिहीबार ०८:३४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

२०७६, ३० श्रावण बिहीबार २०:०७

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३