महेन्द्रनगर – भारतको उत्तराखण्ड प्रदेशअन्तर्गत टनकपुरस्थित पुर्णागिरीमा लागेको मेलाका कारण कञ्चनपुरको सीमावर्ती ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ। फागु पुर्णिमादेखि असार पुर्णिमासम्म सञ्चालन हुने पुर्णगिरी मेलाले सीमावर्ती बजारमा चहलपहल बढेको हो।

पुर्णगिरीको दर्शनपछि सिद्धनाथको दर्शन गरेमात्रै मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेका कारण भारतीय भक्तजन नेपाल आउने गरेका हुन्। सिद्धनाथ मन्दिर विकास समितिका सचिव पुष्कर उप्रेतीले दर्शन गर्न आउने भत्तजनको घुइँचो लाग्न थालेको बताए। उनका अनुसार नवरात्रीको समयमा दैनिक १० हजारभन्दा बढी भक्तजनले सिद्धनाथको दर्शन गर्ने गरेका छन्।

भीमदत्त नगरपालिका -९ मा रहेका प्राचीन सिद्धनाथ मन्दिरमा पनि भारतीय भत्तजनहरु बढेका छन्। टनकपुर हुँदै नेपाल प्रवेश गर्ने अधिकांश भारतीय भत्तजनले बह्मदेवस्थित सिद्धनाथको मन्दिरमा दर्शन गर्ने गरेका छन्।महेन्द्रनगरमा भेटिएका भारत उत्तराखण्डका सन्तोष कुमारले आफू दोस्रो पटक सिद्धनाथ आएको बताए।उत्तर प्रदेशकै सुवम कुमारले पुर्णगिरीको दर्शनपछि सिद्धबाबाको दर्शन गरे मात्रै मनोकांक्षा पुरा हुने भएकाले नेपाल आएको बताए।

भीमदत्त नगरपालिका -४ स्थित सिद्धनाथ मन्दिरको दर्शन गर्न आउने भत्तजनलाई निशुल्क भोजनको व्यवस्था गरिएको छ। सिद्धनाथ भण्डारा समितिले नवरात्रीको समयमा मन्दिरको दर्शन गर्न आउने भक्तजनलाई भोजनको व्यवस्था गरेको हो। समितिका अध्यक्ष गजाधर भट्टले ३५ जना स्थानीय व्यापारी एवं समाजसेवीको समिति गठन गरेर भण्डारा शुरु गरेको बताए।

उनका अनुसार भण्डारामा सबै दर्शनार्थीका लागि विभिन्न परिकारको खानेकुराको व्यवस्था गरिएको छ। १० दिनसम्म चल्ने भण्डारामा करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम स्थानीय व्यापारी तथा समाजसेवी, दानपेटिकाबाट प्राप्त रकमबाट व्यहोरिने समितिले जनाएको छ।

महेन्द्रनगरमा चहलपहल

पुर्णागिरी र सिद्धनाथ मेलाका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा चहलपहल बढेको छ। भारतीय दर्शनार्थीको आगमनले बजारमा व्यापारिक गतिविधिसमेत बढेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले मेलाले बजारमा कारोबार बढाएको बताए।

उनले भने, ‘अरु बेलाको तुलनामा आजभोलि कारोबार दोब्बर बढेको छ।’ भारतीय भक्तजनलाई लक्षित गरेर यातायात, ट्राफिक व्यवस्थापनलगायत सीमा क्षेत्रमा सहजताका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए।

स्थानीय व्यापारी टेकराज भारतीयले तिर्थालुहरुको चहलपहलले आर्थिक कारोबार वृद्धी भएको बताए। उनका अनुसार बजार क्षेत्रमा बढेको चहलपहले व्यापार व्यवसायलाई टेवा पुर्‍याएको छ। अटो चालक करनबहादुर पालीले अरु बेला दैनिक एक हजार रुपैयाँ कमाई हुने गरेकोमा हाल दैनिक २० देखि २५ सयसम्म आम्दानी भइरहेको बताए।

ब्रह्मदेव बजारमा पनि उस्तै

भीमदत्त नगरपालिका -९ स्थित बह्मदेव बजारमा पनि भारतीय तिर्थालुहरुका कारण चहलपहल बढेको व्यापारीहरुले बताएका छन्। उनीहरुका अनुसार वर्षमा नौं महिना सुनसान रहने ब्रह्मदेव बजारमा मेलाकै कारण व्यापारिक कारोबार र आर्थिक गतिविधि बढेको छ।

 

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यसरी रणनीति बदल्दैछन् विप्लव

यसरी रणनीति बदल्दैछन् विप्लव

२०७६, ३० भाद्र सोमबार ०९:३५