काठमाडौँ – लमजुङको सदरमुकाम बेसीसहरमा १२औँ राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ। शनिबार सम्पन्न सम्मेलनमा देशभरका बौद्ध धर्मवलम्वीहरुको सहभागिता थियो।

शान्तिका अग्रदूत बुद्धको जन्मस्थल नेपालमा र बुद्धको सन्देशलाई विश्वसामू फैलाउने उद्देश्यका साथ धर्मोदय सभा केन्द्रीय समितिले लमजुङमा सम्मेलन आयोजना गरेको हो।

सम्मेलनको क्रममा बेसीसहरको मनाँगे चौताराबाट भीमसेनस्थान हुँदै फूलबारी मञ्चसम्म शान्ति र्‍याली निकालिएको थियो। त्यस्तै ‘बुद्धको सरोकार र भुमिका’बारे कार्यशाला गोष्ठी, बुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रालगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार लगायतले मन्तव्य राखेका थिए।

राष्ट्रिय सम्मेलनका अवसरमा बुद्ध धर्मको संरक्षण सम्वर्द्धनमा तथा बौद्ध जनजागरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बज्रराज शाक्यलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। योसँगै लमजुङका ९० वर्ष उमेर कटेका चारजना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। बौद्ध सम्मेलनमा भाग लिन ७७ जिल्लाका बौद्धधर्मवलम्वीहरु लमजुङ आएका थिए।

धर्मोदय सभाका केन्द्रीय उपाध्यक्ष इन्द्रबहादुर गुरुङले शान्ति र अहिंसाको प्रतीक गौतम बुद्धबारे धेरै नेपालीलाई समेत ज्ञान नभएको हुँदा राष्ट्रिय रुपमा बौद्ध सम्मेलन आवश्यक रहेको बताए। आयोजकका अनुसार यसअघि ११औँ सम्मेलन राजविराजमा भएको थियो। धर्मोदय सभा केन्द्रीय कार्यालय र धर्मोदय सभा जिल्ला शाखा लमजुङको संयुक्त आयोजनामा सञ्चालन गरिएको सम्मेलन शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८