डीआर बन्जाडे, बुटवल – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको टिप्पणी गरेका छन्।

उनले संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर प्रमुख जिल्ला अधिकारी (सिडिओ)मार्फत अंगीकृत नागरिकता भएकाको सन्तानलाई वंशजको नागरिकता दिने गरी गरिएको सर्कुलर राष्ट्रहित विपरीत रहेको बताए। उनले यसरी गरिएको परिपत्रले विदेशी नागरिकलाई नेपाली नागरिकता सहजै दिनुजस्तै भएको बताए।

अखिल नेपाल शिक्षक संघ राष्ट्रिय समितिको पाँचौ राष्ट्रिय परिषदमा सोमबार बुटवलमा बोल्दै नेता केसीले अंगीकृत नागरिकता पाएका भारतीयहरु नेपाल प्रवेश गर्ने र नेपालीहरुलाई अल्पमतमा पारी ‘फिजीकरण’ गर्ने रणनीतिका साथ नागरिकता सर्कुलर गरिएको दाबी गरे। नागरिकता विधेयक संसदमा रहेकोमा त्यसलाई पारित गर्ने समयसम्म पनि नपर्खिएर मन्त्रीपरिषदको निर्णयबाट सर्कुलर गर्नु खतराको संकेत भएको उनले बताए।

अंगीकृतबाट जन्मिएकालाई वंशजको नागरिकता दिनुको पछाडिको कारण केलाउनुपर्छ,’ उनले भने, ‘सांसद बनाउन छेकेको थिएन, अब संवैधानिक प्रमुख, सुरक्षा प्रमुख बनाउनु पर्यो, राष्ट्रपति बनाउन वंशज बनाउने खेल भएको हो।’

अध्यक्ष केसीले शिक्षामा भएको निजीकरणले देशमा जनशक्ति बस्ने वातावरण नरहेको बताए। उनले नेपालको शिक्षा प्रणाली नै बेठीक भएको भन्दै यो शिक्षा प्रणालीले विदेश जाने जनशक्ति मात्रै उत्पादन गर्ने काम गरेको बताए। शिक्षा नीतिमा समस्या रहेको भन्दै यसलाई पूर्ण रुपमा परिवर्तन गरी वैज्ञानिक शिक्षा नीति अवलम्वन गर्नु पर्नेमा जोड दिए।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७