काठमाडौँ – तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र ज्ञान प्रवर्द्धनको उद्देश्यका साथ ‘तामाङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आयोजना हुने भएको छ।

तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले आगामीे वैशाख २६ र २७ गते महोत्सव आयोजना गर्न लागेको हो। विश्वको कुनै पनि स्थानमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्ने आयोजक समितिका अध्यक्ष विगेन्द्र तामाङले जानकारी दिए।

उनका अनुसार गैरतामाङ एवं विदेशी चलचित्रकर्मीको हकमा तामाङ समुदायको विषयवस्तुमा आधारित फिल्म हुनुपर्ने छ। ‘मुलुकको सांस्कृतिक पर्यटन प्रवर्द्धनको उद्देश्यले पनि महोत्सव गर्न लागेका हौँ,’ अध्यक्ष तामाङले बताए।

महोत्सवमा भारत, अमेरिका, क्यानाडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहने महोत्सवका निर्देशक जगत तामाङले जनाएका छन्। रिलिज भइनसकेको फिचर लेन्थ, सर्ट फिल्म, डकुमेन्ट्रीसँगै म्यूजिक भिडियोसमेत महोत्सवमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ।

महोत्सवको पहिलो चरणअन्तर्गत यसअघि ललितपुरको भारदेउमा दुई दिने चलचित्र स्क्रिप्ट लेखन तालिम सम्पन्न भइसकेको छ। उक्त कार्याशालामा तयार पारिएको पटकथामाथि पनि महोत्सवकै सहकार्यमा धमाधम लघु फिल्महरु बनिरहेको महोत्सव संयोजक मीनबहादुर मोक्तानले जानकारी दिए।

महोत्सवमा फिल्मसम्बन्धी प्यानल डिस्कसन, कला प्रदर्शनी, भिजुअल पोइट्री प्रस्तुतीसमेत हुनेछन्। खाना महोत्सव, पुस्तक तथा तामाङ पोशाक प्रदर्शनीसमेत हुने महोत्सवमा छानिएका फिल्महरुले ग्राण्ड जुरी, उत्कृष्ट डकुमेन्ट्री, उत्कृष्ट सर्ट फिल्म, अडियनस च्वाइस र इन्करेज्मेन्ट अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६