सुर्खेत – मुलुकका सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रिरहेका बेला सुर्खेतमा त्यसको प्रभाव परेको छैन। उपचारका लागि आएका बिरामीले सुर्खेतस्थित प्रदेश अस्पताल भरिभराउ छ।

सरकारले माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक संघले अस्पतालहरुमा आकस्मिक बाहेकका सेवाहरु ठप्प पारे पनि सुर्खेतमा भने आन्दोलनको कुनै प्रभाव परेको छैन। खुला रुपमै ओपीडी तथा आकस्मिक सेवा निर्वाध रुपमा सञ्चालन गरिएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ।

मौसम परिवर्तनसँगै बिरामीहरुको चाप बढिरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र बन्द गर्नु उचित नभएको भन्दै सबै सेवा निर्वाध रुपमा सञ्चालन गरिएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत बिनोद बस्नेतले बताए। उपचारको क्रममा बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले नै तिर्नुपर्ने निर्णय गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिँदा मंगलबार पाँचौं दिन पनि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा ठप्प छन्।

यता आफ्नो हक, हित र अधिकारको आन्दोलनलाई थाँती राखेर प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरुले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रवाह गरेपछि सेवाग्राहीले खुशी व्यक्त गरेका हुन्। बिरामीको चाप बढेपछि (ओपीडी) स्थल बन्द गरे पनि अस्पताल हाता भित्रको खुला स्थानबाटै बिहान १० देखि ३ बजेसम्म नियमित सेवा सञ्चालन हुँदै आएको छ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य डिलबहादुर खत्रीले मुलुकका सरकारी चिकित्सकहरु आकस्मिक बाहेकका सेवा वहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला सुर्खेतका चिकित्सकले भने निर्वाध सेवा प्रवाह गरेकामा धन्यवाद व्यक्त गरे। चिकित्सकले बिरामीप्रति देखाएको सद्भावले मानवता भन्दा ठूलो सेवा अरु केही हुनै नसक्ने स्पष्ट भएको उनको भनाइ थियो।

प्रदेश अस्पतालमा सरदर साढे ३ सय बिरामी उपचारका लागि दैनिक आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ। अस्पतालमा कर्णाली प्रदेशका १० जिल्लासँगै सुदूरपश्चिम प्रदेशका अछाम र बाजुराका विरामी उपचारका लागि आउने गरेका छन्। सुत्केरी गराउनेदेखि लिएर ठूलासाना शल्यक्रिया र इमर्जेन्सी सेवासमेत करिब ३० देखि ४० बिरामीको निरन्तर उपचार भइरहेको छ।

बिरामीको अवस्था देखेपछि मनले नमानेर बाध्य भई सबै सेवा सञ्चालन गरेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। अस्पतालमा अहिले करिब ३० जना चिकित्सक कार्यरत छन्। गर्मी मौसमका कारण भाइरल लगायतका बिरामीले अस्पताल भरिभराउ छ। गर्मीयाम शुरु भएयता भाइरल ज्वरो, हात खुट्टा दुख्ने, रुघाखोकी, खोकीलगायतका बिरामी बढेका छन्।

बिरामीको अवस्था र चापलाई मध्यनजर राख्दै अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले बताए। उनले आन्दोलनको अवज्ञा नगरेको तर बिरामीको चापलाई मध्यनजर राखेर सेवा दिएको जानकारी दिए। चिकित्सकले बिरामीप्रति देखाएको मानवता सबैभन्दा ठूलो धर्म भएको सर्वधारणको भनाइ छ।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६