सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ ।

सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड रहेको छ ।

फेसबुकको प्रयोगकर्ताको संख्याको यो बढोत्तरी गत वर्षको यो अवधिको तुलनामा ९ प्रतिशतले बढि हो ।

विश्वको क्षेत्रगत वृद्धिदरको हिसाबले एसिया प्रशान्त क्षेत्रमा फेसबुकले सबैभन्दा धेरै ३८ प्रतिशत वृद्धिदर हासिल गरेको छ ।

त्यस्तै युरोपमा ३४ र उत्तर अमेरिकामा ३३ प्रतिशत वृद्धिदर हासिल भएको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले रिपोर्टमा भनेका छन्, ‘हाम्रो समुदाय तथा व्यवसाय निरन्तर रुपमा तिब्र विस्तार भैरहेको छ । अहिले २ अर्ब भन्दा धेरै मानिसले दिनमा कम्तिमा एकपटक फेसबुक चलाउँदछन् ।’

अहिले फेसबुकले प्राइभेट मेसेजिङ र स्टोरिजमा उत्कृष्ट सेवा प्रदान गरिरहेको र भिडियो र कमर्श क्षेत्रमा पनि पर्याप्त अवसर रहेको उनको भनाई छ ।

फेसबुकका अनुसार अहिले २ अर्ब ६० करोड मानिसले हरेक महिना फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम वा मेसेन्जरमध्ये एक वा सबै चलाउँदछन् । यी मध्ये कम्तिमा २ अर्ब मानिसले दिनमा कम्तिमा एकपटक यी मध्ये कम्तिमा एउटा सेवा प्रयोग गरेका हुनेछन् ।

फेसबुक कम्पनीमा अहिले ३३ हजार ६०६ जना कर्मचारीले काम गरिरहेका छन् ।

रिपोर्ट अनुसार पछिल्लो समयमा भारत, इण्डोनेसिया र फिलिपिन्समा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या बढेकोले दैनिक सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड पुगेको छ ।

रिपोर्ट अनुसार मोबाइल विज्ञापनको राजश्वले फेसबुकको कूल राजश्वमा ९२ प्रतिशत हिस्सा ओगटेको छ ।

तेश्रो त्रैमासिकमा आम्दानीमा सन्तोषजनक वृद्धि भएपनि चौथो त्रैमासिकमा भने केही गिरावट हुने फेसबुकले प्रक्षेपण गरेको छ ।

एजेन्सी

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार