धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले औषधि खरीद गर्न आह्वान गरेको टेण्डर स्वीकृतिमा ‘आर्थिक चलखेल र अनियमितता भएको’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

मन्त्रालयले आह्वान गरेको टेण्डरमा अनावश्यक कागजपत्रहरु माग गरेर एकजना आपूर्तिकर्तालाई मात्रै ठेक्का पर्नेगरी मुल्याङ्कन गरिएकाले टेण्डर प्रक्रिया रद्द गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा उजुरी परेको हो।

खरिद ऐनको मापदण्डविपरीत मुल्याङ्कन गरी मन्त्रालयले दुई करोडभन्दा कम मूल्यको आपुर्तिमा पनि पूर्वयोग्यता कागज माग गरी आफूनिकटलाई मात्रै आपूर्तिका लागि सहज हुने गरी टेण्डर निकालेको व्यवसायीहरुको आरोप छ। त्यस्तो मुल्याङ्कन खारेज तथा टेण्डर प्रक्रिया रद्द गरी अर्को प्रक्रिया अपनाउन माग गर्दै बिभिन्न औषधि आुपर्तिकर्ताहरुले उजुरी गरेका हुन्।

सामाजिक विकास मन्त्रालयले केही दिनअघि बिभिन्न औषधि, अस्पतालमा आवश्यक उपकरण र अक्सिजन प्लान्टका लागि गरेको टेण्डरमा सार्वजनिक खरिद ऐनको प्रावधानविपरित पूर्व योग्यताको प्रमाणपत्र मागेर कम मूल्यमा टेण्डर हालेका आपूर्तिकर्तालाई अयोग्य बनाएर महङ्गो मूल्यमा आपुर्ति गर्नेलाई टेण्डर पारिएको छ ।

उजुरीकर्ताहरुले यी सबै विवरण राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको केन्द्रीय कार्यालयमा उजुरी हालेका हुन्। टेण्डर खोलेपछि मन्त्रालयले आपुर्तिका लागि टेण्डर भरेकाहरुलाई उनीहरु अयोग्य भएकोबारे जानकारीसमेत दिएका छैनन्।

अस्पतालमा आवश्यक उपकरण आपूर्तिका लागि टेण्डर भरेका ओम सर्जिकल सप्लायर्सका सञ्चालक उद्धव भण्डारीले मन्त्रालयले आफूलाई कुनै जानकारी नदिएको बताए। उनले इ-बिडिङ गर्नेहरुलाई उसको टेण्डर परे-नपरेको बारे इमेलबाटै जानकारी गराउनुपर्ने प्रावधान रहे पनि मंगलबारसम्म आफूलाई कुनै जानकारी नआएको बताए।

एक्सरे मेसिन, प्रयोगशालाका उपककरण आपूर्तिका लागि भ्याटसहित २ करोड ३७ लाख रुपैयाँमा टेण्डर हालेको ओम सर्जिकललाई प्राविधिक मुल्याङ्कनमै कमजोर रहेको भन्दै दुई करोड ६३ लाखमा टेण्डर हालेको लाइफलाइन सप्लायर्सलाई टेण्डर पारिएको छ।

यस्तै आइएमएनसीआई औषधि आपूर्तिमा भ्याटबाहेक ६७ लाख ४८ हजार ४ सय ३४ रुपैया हालेको तिवारी मेडिसिनको सट्टा भ्याटबाहेक १ करोड १७ लाख ७४ हजार ३ सय ५० मा आपूर्तिका प्रस्ताव पेश गर्ने ड्रग सेन्टरलाई टेण्डर पारिएको छ। अक्सिजन प्लान्टका लागि सबैभन्दा सस्तोमा टेण्डर हाल्ने डाइग्नोकेम इन्टरनेशललाई नदिई धनगढीकै डीडी मेडिसिनलाई दिइएको छ। औषधि आपुर्तिमा प्राविधि पक्ष पहिले मुल्याङ्कन गर्दा प्राविधिक रुपमा कागजपत्रहरु पुर्‍याउन नसकेका आपूर्तिकर्तालाई अयोग्य मानिएको र अयोग्य भइसकेपछि सस्तो मूल्यको अर्थ नहुने सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले बताए।

जीएमपी सर्टिफिकेट पाएका औषधि कम्पनीहरुको समेत आधिकारिक पत्र खोजेर मन्त्रालयले सस्तो मूल्यमा औषधि आपूर्ति गर्न चाहने आपूर्तिकर्तालाई अयोग्य ठहर्‍याएको छ। आवश्यक कागजपत्रहरु पछि मागिएको र आफूहरुले पछि पेश गरेका कागजपत्रहरु लुकाएर एउटै र आफूनिकट आपूर्तिकर्तालाई टेण्डर पार्ने गरी काम गरिएका कारण आफूले अख्तियारमा उजुरी दिएको तिवारी मेडिसिनका सञ्चालक करन बर्णवालले बताए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७