नेपाली हास्य क्षेत्रका चर्चित कलाकार विल्सन विक्रम राईसँग अब आउने चलचित्र ‘दाल भात तरकारी’को बारेमा नेपाली पब्लिकका रबिन न्यौपानेले गरेको कुराकानी:

अहिले केमा व्यस्त हुनुहुन्छ?

–म अहिले ‘दाल भात तरकारी’को प्रमोशनमा व्यस्त छु। अहिले चौध दिने नेपाल यात्रामा नेपालका विभिन्न भागमा प्रसारप्रचार गरिरहेका छौँ। यो चलचित्र वैशाख २० गतेदेखि हलमा आउँदैछ।

‘दाल भात तरकारी’मा तपाइको भूमिका कस्तो छ?

–यस चलचित्रमा मेरो छुट्टै विशेष भूमिका छ। यो भूमिका निभाउँदा एकदम रमाइलो भयो र आशा गर्छु, दर्शक झन् धेरै रमाउनुहुनेछ।

पात्रको बारेमा केही भन्न मिल्छ?

–म पहिलो पटक चलचित्रमा ‘तक्मे बुढा’को रोलमा छु।

महजोडीसँगको अनुभव कस्तो रह्यो?

–मैले यो चलचित्रमा महजोडीसँग काम गर्ने मौका पाएँ। यो मेरो लागि एक प्रकारको ‘अचिभ्मेन्ट’ नै हो। अझ भन्नुपर्दा जीवनको ठूलो उपलब्धि हो। उहाँहरु नेपाली कला क्षेत्रको जिउँदाे इतिहास पनि हो र मेरो लागि उहाँहरुसँग काम गर्नुको एउटा छुट्टै अनुभव रह्यो।

दाल भात तरकारी छायाँङ्कनमा कस्तो अनुभव भयो?

–यो विशेष किसिमको मनोरञ्जनात्मक चलचित्र हो। सुटिङ एकदम रमाइलोसँग सकिएको थियो। मदन र हरि दाईसँगै सिनेमामा काम गर्दा एकदम उत्साही थिएँ। यसमा विभिन्न अग्रज कलाकारहरु राजाराम पौडेल, बसुन्धरा भुसालहरुसँग काम गर्ने मौका पाएँ जुन एकदम रमाइलो रह्यो।

चलचित्रबाट कस्तो अपेक्षा गर्नुभएको छ?

–यस चलचित्रबाट म सँगसँगै नेपाली चलचित्रप्रेमी दाजुभाई दिदीबहिनीहरु सबैले यसबाट एकदमै आशा गर्नुभएको जस्तो मलाई लाग्छ। र यो चलचित्रको प्रतिक्षामा धेरैभन्दा धेरै दर्शक बसिरहनुभएको छ। र मलाई आशा छ हामीले उहाँहरुको आशालाई सन्तुष्टिमा बदल्नेछौँ। यस चलचित्रको लागि म एकदम उत्साही छु।

यसपछि पनि तपाई कुनै चलचित्रमा व्यस्त हुनुहुन्छ?

–यसपछि लगत्तै म ‘हेलो जिन्दगी’ भन्ने चलचित्रको सुटिङको लागि लण्डन जाँदैछु। त्यहाँबाट फर्केपछि ‘लाहुरेको सवारी’ भन्ने चलचित्रमा काम छ, ब्याक टु ब्याक चलचित्रमा काम त गरिरहेकै छु।

नेपाली चलचित्रमा अहिले हास्य कलाकारलाई सजिलो भएको छ, यसको कारण के होला?

–यसमा हामीलाई दर्शकहरुले माया गरिदिनुभएको हो। साथै निर्माताहरुले पनि हामीलाई विश्वास गर्नुभएको हो। दर्शकको मनको इच्छा हामीले पुरा गर्‍याैँ जस्तो लाग्छ।

विदेशका कार्यक्रममा कत्तिको सहभागी भइरहनुभएको छ?

–म हालसालै मात्र विदेशबाट आएको हो। अब म चलचित्रको सुटिङमा बेलायत जाँदैछु। सायद त्यहाँ पनि नयाँ वर्षको उपलक्ष्यमा केही कार्यक्रम गर्छु होला।

अरु हास्यव्यंग्यमा के-के गर्दै हुनुहुन्छ?

–मेरो एउटा ‘फुर्के नम्बर वान’ भन्ने सिरियल आउँछ। जुन युट्युबमा प्रत्येक महिना जस्तो सर्ट मुभी बनाउँछु। त्यसको पनि काम भइरहेको छ।

चलचित्र ‘दाल भात तरकारी’बाट हास्यबाहेक अरु के अपेक्षा गर्ने?

–चलचित्र ‘दाल भात तरकारी’ हाँस्य रोदनसँगै नेपाली समाजको ऐना हो। यो हिजो,आज र भोलिको संयोजन पनि हो। यसले सबैको कुरा पस्केको छ। जस-जसले दाल भात तरकारी खान्छ, उसले हेर्नैपर्ने चलचित्र हो।

दर्शकहरुलाई केही भन्न चाहनुहुन्छ?

–सबैलाई नयाँ वर्षको शुभकामना। नेपाली चलचित्रलाई माया गर्दै जानुहोस्। चलचित्र ‘दाल भात तरकारी’ वैसाख २० गते आउँदैछ। हेर्न नभुल्नुहोला।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९