काठमाडौँ – आगामी बैशाख १ गतेदेखि ४ गतेसम्म मनाउने टोखा विस्का नखः (बिस्केट जात्रा) को तयारी पूरा भएको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे टोखा बिस्केट जात्रा मुल व्यवस्थापन समितिले जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

जात्राको बारेमा प्रचार–प्रसार गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा टोखा नगरवासीकोमात्र नभएर देशकै गहनाको रुपमा रहेको स्पष्ट पारिन्। टोखालाई चाकुको राजधानीको रुपमा मात्र नहेरेर मौलिक परम्परादेखि चल्दै आएको नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमा बुझ्नपनि आवश्यक रहेको उनले बताईन्।

उनले जात्रा व्यवस्थापनको लागि मूल समिति तथा उप–समिति गठन भैसकेको समेत जानकारी दिईन्। उनले उक्त जात्रा सम्पन्न गराउन नगरपालिकाले बजेटको बिनियोजन पनि गरिसकेकोे बताईन्। नेवा गुठिका सल्लाहकार गणेशमान श्रेष्ठले ऐतिहाँसिक नगरीमा मनाईने जात्राको आफ्नै महत्व रहेको बताए।

बिस्केत जात्रा टोखाले पाएको मौलिक अधिकार रहेको भन्दै उनले जात्रालाई निरन्तरता र मौलिकता दिन सबैको दायित्व भएको धारणा राखे।  उनले परापुर्वककालदेखि चल्दै आएको जात्रालाई आमा, बुवा र छोराबीचको जात्राको रुपमा पनि चित्रण गर्न सकिने स्पष्ट पारे। अहिलेको नयाँ पुस्तालाई आफ्ना मौलिकतामा रुचि हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।

उनले अहिले जात्रा अवलोकन तथा निरन्तरतामा जाने युवाहरुमा कमि आएको भनाई राखे। पुरानो मुल्य र मान्यतालाई अहिलेको नयाँ पीढीले सम्हाल्न नसकेको आरोप लगाउदै उनले युवा र बृद्धबीच बेमेल हुँदा जात्रामा किचलो अथवा द्वन्द्व पैदा हुनेपनि तर्क गरे।  बिगतमा हुने जात्राभन्दा यसपटकको जात्रालाई ब्यवस्थित पार्न खोजिएको जानकारी गराउँदै उनले नेवा गुठिले यसको सम्पुर्ण जिम्मेवारी लिईसकेको प्रष्ट पारे।

आफूहरुले मनाउँदै आएको जात्राहरु नेपालका मौलिक गहना भएको उनको भनाई छ। उनले भविश्यमा मौलिकता लोप हुन नदिन जात्रालाई जीवन्त र निरन्तरतामा सबैको लगाव रहन आवश्यक रहेको बताए।  त्यस्तै कार्यक्रममा बोल्दै नेवा गुठिका उपाध्यक्ष सत्यनारायण उपाध्यायले बैशाख ३ गते नेपाल सरकारका मन्त्री र काठमाडौं उपत्यकाका सम्पुर्ण मेयर तथा उप–मेयरहरुको सहभागिता रहने बारेपनि जानकारी दिए।

यसपटकको बिस्केट जात्रामा दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको छ। जात्रालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न करिव तीन सयभन्दा बढि स्वय्मसेवक, नेपाल प्रहरी, स्काउट र गुठीका पदाधिकारीहरु परिचालन गरिने छ।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६