काठमाडौँ – नेपाल परिवार दलले आफ्नो दलको उपस्थिति छिट्टै संघीय संसदमा हुने दाबी गरेको छ। निर्वाचन भएर एक वर्षभन्दा लामो समय पार भइसक्दा उक्त दलका अध्यक्ष एकनाथ ढकालले पोखरामा यस्तो दाबी गरेका हुन्।

परिवार दल तत्कालिन एमालेसंग ३ बुँदे सहमति गरेर निर्वाचनमा गएको र त्यतिबेलाको प्रतिवबद्धता अनुरुप आफ्नो दल संसदमा पुग्ने उनको जिकिर छ।

अहिले राष्ट्रिय सभा सदस्यको पदावधि सकिने बेला भएको छैन। रिक्त कास्की क्षेत्र नम्बर २ बाहेक अन्त कतै उप निर्वाचनका लागि निर्वाचन क्षेत्र खाली समेत छैन। यस्तो बेला कसरी संघीय संसदमा देखिने भन्नेबारे भने उनले बताएनन्। परिवार अध्यक्ष ढकालले आफु अहिले पनि नेकपाको सूर्य चिन्हको उम्मेदवार नै रहेको सुनाए।

‘कास्की क्षेत्र नम्बर २ बाट उठ्ने चाहना ब्यक्त गर्नुभएको हो’ भन्दै राखिएको जिज्ञासालाई पनि ढकालले अस्विकार गरे। यद्यपी छिट्टै संसदमा उपस्थित भएरै छाड्ने दृढता भने ब्यक्त गरिरहे। ‘तत्कालिन एमालेसंग बाम गठबन्धन गर्दा सहमति भएअनुरुप नेपाल परिवार दल छिट्टै संसदमा उपस्थित हुन्छ’ उनले भने, ‘हामीलाई अरु केही थाहा छैन, बाम गठबन्धनको दुई तिहाई छ, त्यो कसरी भन्ने कुरा उहाँहरुलाई नै थाहा छ।’

एसिया प्यासिफिक समिटको डिजाइनर म नै हुँ

नेपालमा पछिल्लो पटक अयोजना भएको एशिया प्यासिफिक समिटको विषयलाई लिएर अहिले पनि सरकारको आलोचना भइरहेको छ। सत्तारुढ दल नेकपाका केही नेताले यस विषयलाई लिएर प्रधानमन्त्री र नेतृत्वलाई आत्मआलिचत हुन माग समेत गरे।

यत्रो आलोचना भएको समिट आफ्नै योजनामा सफल भएको र यसलाई नेपालको इतिहासमा एउटा महत्वपूर्ण घटनाक्रमका रुपमा रहेको परिवार दलका अध्यक्ष ढकालले जिकिर गरे। उक्त समिटको डिजाइनर आफू नै रहेको र सम्पूर्ण जस अवसरको भागिदार हाफू रहन तयार रहेको बताए।

क्रिस्चियन धर्मको प्रचार गरेको भन्दै लगाइएको आरोपको खण्डन गरेका उनले समिटमा कुनै धर्मको नभई विकास र सम्बृद्धिको बहस भएको दाबी गरे। विश्व समुदायले नेपालको बारेमा बुझेको र बुझाउने काम भएको उनले बताए।

समिटमा भारतका हिन्दु धर्मसंग सम्बन्धित गुरुहरु कै उपस्थिति रहेको उदाहरण पेश गरेका उनले समिटले नेपालमा लागानी भित्र्याउने वातावरण समेत बनाएको र लगानी सम्मेलनको आधार समेत खडा गरेको दाबी गरे।

आफूलाई क्रिस्चियन धर्मसंग जोडिएको प्रति दुख लागेको बताएका उनले धर्म, जात र क्षेत्रबाट आफू माथि रहेको सुनाए। यो समाचार नयाँ पत्रिकामा छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७