काठमाडौँ – साताको अन्तिम तथा २०७५ सालमा शेयर कारोबार हुने अन्तिम दिन नेप्से शून्य दशमलव ५९ अंकले घटेर बन्द भएको छ । १ हजार १८४ दशमलव २९ विन्दुबाट शुरू भएको परिसूचक सवा घण्टासम्म बढेर १ हजार १८९ दशमलव ७८ विन्दुमा पुगेको थियो । सो पछि निरन्तर घटेको परिसूचक अन्यसम्म घटेर १ हजार १८४ दशमलव शून्य २ विन्दुमा बन्द भएको छ ।

कारोबार भएका दश समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छ भने पाँच समूहको घटेको छ । साथै, लघुवित्तको परिसूचक स्थिर रहेको छ । वैशाख २ गतेदेखि ५ लाखभन्दा बढीको शेयर कारोबार गर्नेहरुको लागि अनिर्वाय प्यान चाहिने व्यवस्था छ । वैशाखको ५ गतेदेखि चार कम्पनीले आईपीओ निष्कासन गर्न लागेका छन् । जसले गर्दा लगानीकर्ताहरुलाई रकमको जोहो गनुपर्ने भएकाले दोस्रो बजारमा नाफा भएको शेयर विक्री गर्दा बिहीवार बजार बढ्न नसकेको एक ब्रोकरले बताए ।

एक वर्षमा नेप्से परिसूचक ९६ दशमलव १३ अंकले घट्न पुगेको छ । वैशाख २ गते १ हजार २८० दशमलव १५ विन्दुमा रहेको परिसूचक चैत २८ गते १ हजार १८४ दशमलव शून्य २ विन्दुमा बन्द भएको छ । एक वर्षमा बजार पूँजीकरण ३ दशमलव ५३ प्रतिशतले घट्न पुगेको छ । वैशाख २ गते  १५ खर्ब रहेको पूँजीकरण चैतको अन्तिम दिन १४ खर्ब ४७ अर्बमा आइपुगेको छ । एक वर्षमा लगानीकर्ताहरुले शेयर बजारबाट  ५३ अर्ब गुमाएका छन् ।

बिहीवारको कारोबार

बिहीवार ३९ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ करोड ४० लाख घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव शून्य ६ अंकले बढेर २ सय ५३ दशमलव ६४ विन्दुमा पुगेको छ ।

१० समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?

हकप्रद स्वीकृत पछि एभरेष्ट इन्स्योरेन्सको मूल्य ८६ ले बढ्यो,

नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको लागि अनुमति पाएसँगै एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य  ८६ ले बढ्न पुगेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता  ९५३ मा कारोबार भएको छ । दोसोमा एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ४० ले बढेर प्रतिकित्ता ८५९ मा कारोबार भएको छ । घलम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य  १४ ले घटेर प्रतिकित्ता  १४८ मा कारोबार भएको छ ।

कुमारीको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार

कुमारी बैंकको प्रतिकित्ता २५९ मा सर्वाधिक ३ करोड ६३ लाख बारबरको शेयर कारोबार भएको छ । कम्पनीले दुई आर्थिक वर्षको लाभांश सहित एकै साता साधारण सभा बोलाएपछि कारोबार रकम बढेको हो। दोस्रोमा एनएमबि बैंकको प्रतिकित्ता ३५६ मा ३ करोड ७ लाखको शेयर कारोबार भएको छ । कारोबार भएका १७० कम्पनीमा ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । साथै, ३८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। यो समाचार अभियान दैनिकमा छ।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६