रोशन थापा ‘नीरव’


माथिको शीर्षक राख्दा मैले धेरै समय सोचमा लगाएको छु। यसको कारण अरूका लागि ठूलो र व्यापक नहोला तर मेरालागि ठूलो नभए पनि केही अन्तरङ्ग र आन्तरिक भने भएको छ। मैले आफ्नो बाल्यकालमा आप्mनी माताको एकान्त देखेको छु। देखेर त टाउको खियाउनुपर्ने केही छैन, तैपनि त्यो एकान्तको परिभाषा आजसम्म पनि मैले दिन सकेको छैन, यसकारण पनि हो। राति, मध्यरातमा आफ्ना सानासाना सन्तानलाई अभावको सक्दो खाना खुवाएर आफ्ना पुरुषको प्रतीक्षामा त्रसित समय भोग्नु भनेकै यथार्थमा स्त्री एकान्त रहेछजस्तो लागेर आएको छ यतिबेला।

यो तत्कालीन नेपाली समय–सन्दर्भको कुरा हो, जुन त्यतिबेला नबुझिएको कुरो भए पनि यतिबेला भने बुझ्न सक्षम हुँदा, केही खुट्ट्याउन सकिँदो हो र अनेक अर्थहीन अर्थलाई यो त यो पो रहेछ भन्न सकिने रहेछ अर्थात् नेपाली समाजमा कतिपय अवस्थामा हुने मातापिताको रडाको एक मिथक लागे पनि यथार्थको त्यो दृश्य केही नजानिँदो र केही अथाहमूलक घाउ हुँदो रहेछ सन्तानलाई, कतिपय अवस्थैमा पनि अपरिभाषित रूपले स्मृतिको पुनरावृत्ति बनेर बस्दो रहेछ। अनि त्यही पुनरावृत्ति नचाहँदा नचाहँदै पनि बोक्नुपर्ने हुँदो रहेछ। जीवनभोगाइको अनागत परिस्थितिले अँगालेपछि अहिले बुझ्ने केही प्रतिशत उक्लाइमा छु जस्तो लाग्छ मलाई।

हुन त यस्तो प्रसङ्गमा कतिले के देख्दा हुन्, कुन्नि। मैले जे देखेको हुँ, त्यतिबेला केही खुट्ट्याउन सक्ने स्थितिको नभए पनि आजको यस स्थितिमा आएर के लाग्दछ भने त्यस अतीतीय भनूँ विगतीय चित्रपटमा छायाङ्कित पात्र अर्थात् पिताको क्रोधभित्र माताको असह्य वेदना वा आँसु विलित भएको देख्नु पनि त्यतिबेला जे भए पनि यतिबेला भने स्त्री एकान्त नै हो भन्ने लागेर आउँछ अर्थात् एक प्रकारको आभ्यान्तरिक पीडाको असहनीय नारीस्थितिको पर्याय यही हो।

त्यही समर्थ बुझाइको केन्द्र मेरी आमा छिन् र छन् उनका पीडाका अनेक पात्रताहरू, जसलाई सँँच्चैसाँच्चै म चलचित्रीकरण गर्न कदापि सक्ने छैन। एकान्तबोध बारम्बार गर्दछु र केही पीडाको सरणि मुटुको कुनै केन्द्रभित्र आफैँ सर्र उम्रेको बोध हुन्छ।

यो यतिबेलाको मेरो उपमा होइन, न कुनै बुद्धिविलासित विशेषण नै हो। हो के भने जति नै उमेरले नेटो काटे पनि आमा आमा नै हुन्। आमा नहुनु केही हुनु छैन। आमा छिन् र त आमाका विशाल पीडा अहिले बुझ्न समर्थ भएको छु। त्यही समर्थ बुझाइको केन्द्र मेरी आमा छिन् र छन् उनका पीडाका अनेक पात्रताहरू, जसलाई सँँच्चैसाँच्चै म चलचित्रीकरण गर्न कदापि सक्ने छैन। एकान्तबोध बारम्बार गर्दछु र केही पीडाको सरणि मुटुको कुनै केन्द्रभित्र आफैँ सर्र उम्रेको बोध हुन्छ।

…मलाई थाहा छ,
मेरी आमाले
नवजात मेरो फोटो
नाङ्गा स्वरूपको श्यामश्वेतको
अझै सँगालेर राखेकी छन्
आफ्नो मुटुको फ्रेमभित्र…।

अब यतिबेला मेरा पिता छैनन्। महाप्रस्थानको यात्रामा विलीन भएको चौवार्षिक अवधि पूर्ण भएको छ। यस्तोमा आफ्ना असाध्य रोगसँग सङ्घर्ष गर्दै, दुई धारतिर बगिरहेका आफ्ना सन्तान र तिनीहरूका वंशजलाई हेर्दै, त्यो शल्यक्रियागत आँखाको मधुरो दृष्टि फलकबाट हेर्नु सधैँ घरको कौसीमा बसेर आफ्नो एकाकी जीवनको अपरिभाषित समय कटान गर्नु मेरी माताको कुनै सजाय वा धर्मनिर्णित भोगाइ त पक्कै पनि होइन, हुँदै होइन तर यसलाई के भन्ने त?

यो प्रश्न बारम्बार मैले आफ्नो ऐकान्तिक स्थितिमा भोग्ने गरेको छु। यसैले मलाई लागेको यो पनि एक प्रकारको स्त्री एकान्त नै हो। पीडा आफ्नो ठाउँमा छँदै छ। जीवनका अनेक उकालीओराली सँगसँगै यात्रारत रहिरहेको बेला एक्कासि आफ्नो सहयात्रीलाई हराउनु योभन्दा ठूलो पीडा के होला र जीवनमा? मेरी आमाले भन्न नसकेका यी कुरा उनका अश्रुपूरित नेत्रभरिभरि देखेको छु। योजस्तो ठूलो पीडाको अनन्त एकान्त भोगाइ अरू के होला र मेरी आमाका लागि? अपरिभाष्य यो नियतिको पर्याय नै सम्भवतः स्त्री एकान्त हो।

बरु मध्यरातमा माताको अनुहार चित्रित गर्दै निद्रित आँखामा केही भन्ने वा उपाय खुट्ट्याउने जोहोमा यति भन्न सक्छु, माताको अनुहारमा एकाकी जीवनको एकलासे क्षणक्षणका अज्ञात त्रासहरूले डामेका रहेछन्।

यी वैयक्तिक भावना यतिबेला मेरा शब्दमा किन पसेको भनेर कसैले भने पनि वा नभने पनि म आफूलाई चाहिँ यसकारण हो भनेर भन्नुपर्ने स्थिति छ। यस्तो एकान्त अमूक हुन्छ। मातालाई बाटाको किनारमा पुत्र सँगसँगै नातिनातिनालाई एक पटक हेर्ने लालसासहित आफ्ना अनेक रोगबाट गलित अनुहारमा उभिरहेको भेट्छु। त्यतिबेलासम्म पनि मैले माताको यो क्रियाकलापलाई केही भन्न सकेको छैन वा भनूँ अर्थ्याउन सकेको छैन। बरु मध्यरातमा माताको अनुहार चित्रित गर्दै निद्रित आँखामा केही भन्ने वा उपाय खुट्ट्याउने जोहोमा यति भन्न सक्छु, माताको अनुहारमा एकाकी जीवनको एकलासे क्षणक्षणका अज्ञात त्रासहरूले डामेका रहेछन्। अनि लाग्न थाल्छ, यही त हो स्त्री एकान्त भनेको।

…अनि पुछेर तरलित आँखाका फ्रेम पनि
अझै सानै छ आफ्ना सन्तान
भावको सप्काले पुछ्दै
सोच्नेछिन्– यही सप्को हो, जसमा मेरा सन्तानले
पसिना पुछेका छन्
जुठा मुख दलेका छन्
यसैले अझै पनि यसमा
मेरा सन्तानको सुवास रहेको छ यथावत्
आमा, आमाले सोच्ने गरेको यो सत्यता
कति युगदेखि अझै पनि यथावतै छ
निरन्तर नै छ
छैन कुनै बनावटी र परिवर्तित
छैन यसैले युगौँयुगौँदेखि परिवर्तित आमा
आमा, आदिमदेखि आजसम्म
र आजदेखि भविष्यसम्म पनि आमा…।

यी कवितासँग भाविक वाक्यांश ममा एक्कासि उम्रिएका होइनन् तर यो के हो भनेर भन्ने तर्क अझ पनि मलाई ठेट लागेको छैन, भनूँ प्राप्त भएको छैन। यसो हुनाको कारण केही होइन पाठकवृन्द। केही समयदेखि मेरो कोठामा बोराभित्र कोचिएका पुस्तक मिलाउने क्रममा एउटा ‘सोच’ भन्ने हिन्दी पत्रिका पाएर पढ्न थालेको, त्यसमा रहेका अन्य लेखरचनाभन्दा एउटा कवितामा मेरो ध्यान अड्किरहेर हो। शुभा नाम गरेको कवयित्रीको स्त्री विषयक दुइटा कविता प्रकाशित छन्। शुभा नर हो वा नारी कतै परिचय खुट्टिएको छैन तर कविताको विषय र भावले पक्कै पनि नारी भन्ने लागेको छ। कविता यस्तो ढङ्गमा अनुवाद गर्न म बाध्य भएँ…

स्त्रीको एकान्त


न मातापिता छन्
न पति छ
न पुत्र छ
न धर्म न कुनै जाति छ
स्वयम् कमाउँछु
टाउको निहुराएर एक्लै खान्छु
एउटा यथार्थ छ चुनौती दिँदै
यसरी कम्तीमा पनि एक स्त्री हुँ
जसलाई तपाईंहरूको भाषामा बाइफाले भनिन्छ


एक बलात्कृता स्त्री कहिलेकाहीँ
पुरुष लिङ्गलाई चक्कुले काटेर फाल्ने
दृश्य सपनामा देख्तछिन्
यस हिंसाबाट उनी डराउँछिन्
सोच्तछिन् कसैले थाहा नपाओस्


उनी ठान्दथे
पटकपटक फर्कनु मेरो विवशता थियो
म जे हार्दछु पटकपटक
मेरो कमजोरी हो
मैले पनि यही ठानेँ
धेरै समयसम्म

गुरुहरूसँग


गुरुहो, युगौँदेखि तिमीहरू सिकाइरहेका छौ
युगौँदेखि हामी सिकिरहेका छौँ
फेरि पनि हौँ हामी अज्ञानका पोल्टाहरू
अब हेर्न सकिन्न तिमीहरूको पीडा
हामी तिमीहरूलाई मुक्त गर्दछौँ
आफूलाई आफैँ सम्हाल
हामी तिमीहरूलाई भोजन गराउन सक्छौँ
तर तिमीहरूको ज्ञानका बारेमा हामी के नै गर्न सक्छौँ र
हामी त स्वयम् नै हौँ अज्ञानका पोल्टाहरू


गुरुहो, के गति बनाइरहेका छौ यो
आओ हामी निर्वाह गर्दछौँ स्त्रीधर्म
पुछिदिन्छौँ तिमीहरूका पसिना
दिन्छौँ कान्तासम्मित उपदेश
केही समय आफ्नो ज्ञान बिर्सेर हेर
केही समय शासनको इच्छा छोड
केही समय पोषित गर्न सिक
केही समय यस बच्चीलाई काखमा लेऊ
जो तिमीहरूको होइन


तिमीहरूले केके गरेनौ हाम्रालागि
ललित कलाहरू रच्यौ
चारचार तरिकाका नायकहरूको पार्ट निर्वाह ग¥यौ
हाम्रालागि नायिका–भेदहरू लेख्यौ
जबजब हामी बिर्सियौँ तिमीहरूले प्रम्पटिङ ग¥यौ
कति थाक्छौ
अब आराम गर… …

यसपछि? यसपछि कविताको झल्को त समाप्त भएको छ तर रन्को भने यथावत्, धेरै समयसम्म रन्की नै रहेको भान परेको छ। मथिङ्गललाई एकटक स्थिर पारेर सोच्न थाल्छु र केही अर्थलाई आफैँभित्र प्रेषित गर्न थाल्छु, यसरी… … युगौँदेखि स्त्रीको स्थिति विभिन्न ढङ्गमा चित्रित भएर आइरहेकै छ। ‘वीर भोग्या वसुन्धरा’जस्ता महावाणीदेखि नारीवादी सोचसम्मका छलफलहरू देखिँदै, पढिँदै आइएकै हो। यसमा मेरो अल्पज्ञानले धेरै बहस गर्न मानेको छैन, तर यो ‘स्त्री एकान्त’ उपमाले भने धेरै नै सोच्न बाध्य पारेको छ।

मलाई लाग्छ, अब म कविताको यो भावभन्दा पर जान सक्ने छैन र त्यसको अर्थतात्त्विक गर्तभित्र पसेर मेरी माताको एकाकी जीवनको कुनै शब्दखोलुवा परिभाषा दिन सक्ने छैन, पक्कै पनि पाठकवृन्द।

म यो भन्छु, मेरो यो बाध्यकारी स्थिति अरू सबैलाई पनि बाध्यकारी नै बनाउँछ भन्ने मेरो कुनै प्रत्याभूतिमूलक ढिपी छैन। मेरो अल्पज्ञान र अल्पभावनाले यति शब्द कोर्न बाध्य भएको भने हुँ। यस कवितामा, अब थाहा लागेको छ मेरी माताको उहिल्यैउहिल्यै पिताको पर्खाइको प्रक्रियाको शाब्दिक अर्थ रहेछ। स्त्री एकान्त यही रहेछ। अब अहिले मेरा पिताको अभावमा मेरी माताले कसलाई यसरी कुरिरहेको, शून्यमा के खोजिरहेको, पीडामा विवशताको अनेक क्षणसँग के भोगिरहेको? भन्ने प्रश्नहरूले मलाई धेरै सोच्न बाध्य बनाएको छ, यो सत्य हो र यसै सत्यतामा के पनि लागेको छ भने यी सबै निश्चय पनि स्त्री एकान्तको दुख्तो उपमा हुन्।

मेरी माताले, अहिले थाहा पाएको छु, यथार्थमा यस्तै स्त्री एकान्त पो भोगिरहेको। पीडासँग बाँच्नु एकान्तको यस्तै प्रक्रिया त रहेछ नि, त्यो पनि अनागत क्षणको आत्मसात् अपरिभाष्य परिस्थितिबाट अर्जित भएर। मलाई लाग्छ, अब म कविताको यो भावभन्दा पर जान सक्ने छैन र त्यसको अर्थतात्त्विक गर्तभित्र पसेर मेरी माताको एकाकी जीवनको कुनै शब्दखोलुवा परिभाषा दिन सक्ने छैन, पक्कै पनि पाठकवृन्द। मेरो चिन्तना यति हो, माथिको कविताका पङ्क्तिसँगै मेरी माता अझै त्यस्तै विशाल एकलासे जीवन भोगिरहेकी छन्। त्यसैलाई नै सम्भवतः स्त्री एकान्त भनिँदो रहेछ। एउटा विराट् शून्यता जस्तो स्त्री एकान्त।

आमा, तिमीलाई करोडौँ सलाम।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६