पोखरा – नयाँ वर्षलाई स्वागत गर्दै फेवा किनारमा हरेक वर्ष महोत्सव आयोजना हुन्छ ‘फेवा नव महोत्सव’। त्यसैको निरन्तरता १६औँ संस्करणको ‘फेवा नव महोत्सव २०७६‘ शुक्रबारदेखि शुरु भएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवले उद्घाटन गरे। महोत्सव आइतबारसम्म चल्नेछ। मुख्यमन्त्री गुरुङले पोखरालाई ‘महोत्सव नै महोत्सवको शहर’ बनाउँदै बढीभन्दा बढी पर्यटक आकर्षित गर्न सकिने बताए।

प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको उनको भनाई थियो। ‘जीवनमा एक पटक पोखरा पुग्नैपर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ,’ उनले भने। गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको पनि उनले जानकारी गराए।

पोखरामा एक हजारभन्दा बढी दर्शक अट्नसक्ने ठूलो क्षमताको सभाकक्ष आवश्यक रहेको उनले बताए। उनले पोखरा क्षेत्रमा धेरै शय्या भएको ठूलो अस्पतालको समेत जरुरत परेको भनाई राखे।

लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा दुई आधुनिक बसपार्कको विकास, दुई वर्षभित्र पोखरा-कोरला मार्ग कालोपत्रे गर्ने र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने जस्ता सोच र कामसमेत प्रदेश सरकारले अगाडि बढाउन लागेको सो अवसरमा मुख्यमन्त्रीले बताए। फेवातालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले दुई वर्षभित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने र त्यसले प्रदेशको समृद्धिमा बल पुर्याउने उनले बताए।

नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यसहित महोत्सव सञ्चालन गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले बताए। ‘संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी विगत १६ वर्ष महोत्सव आयोजना गरिदै आएको छ,’ उनले भने, ‘यो महोत्सव पनि त्यसैको निरन्तरता हो।’

उद्घाटन समारोहको झाँकी प्रतियोगितामा विभिन्न ३६ समूह सहभागी थिए। महोत्सवकै अवसरमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना हुने भएको छ। नेपाली संस्कृतिको संरक्षण गर्दै फेवाताल संरक्षणमा सचेतना फैलाउन आयोजित महोत्सवमा पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट जस्ता आकर्षण पनि समेटिएका छन्। सेफ एसोसियसनद्वारा महोत्सवमा नेपाली खानाको विक्री र प्रदर्शनी स्टल पनि राखिएको छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७