कवि विमला तुम्खेवाका कवितामा जीवनको सूक्ष्मता विधिवत्‌भन्दा अनायास अनुभूत हुन्छ। उनका कवितामा प्रेम र जीवनबीचको सन्तुलन खोज्दा यी दुवैका बीचमा बाधाजस्तो केही उभिएको देखिँदा नदेखिँदै त्यो अहम्को पहाड एउटा आत्मसम्मानको गीत भएर गुञ्जेको आभास हुन्छ। अहिले उनका सत्चालिस थान कविताहरूको सँगालो ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ प्रकाशित भएको छ। कवि विमला तुम्खेवाको यसभित्रका कविताले जीवन भोगाइका त्यस्ता सजीव अनुभूतिलाई फेरि सामान्यीकरण गरिदिएका छन्। कविता लेख्नु भनेको जीवनको हरेक टुक्रालाई ऐनामा हेर्न लालायित हुनुजस्तै रहेछ। छर्लङ्ग हेर्ने चाहना र धमिलो मात्र देखिनुबीचको अनुभूति नै तुम्खेवाका कविताको प्रस्तुत र अप्रस्तुत भाव सौन्दर्य हो।

नारी स्वर मुखर छ, यस कृतिमा तर सबैले भन्दै आएको भन्दा फरक गरी पितृसत्ताको भन्दा पनि पुँजीबजारको कुरालाई अर्थ दिएका छन् उनका कविताले। जेठी सुब्बेनीको चरित्र र स्वभावलाई चित्रकारजस्तै उभ्याउने तुम्खेवाले जीवनको सम्पूर्णतालाई यही एउटा कवितामै सर्लक्क उभ्याउन सफल भएकी छन्। उनका कविताको शक्ति भनेकै विदितबाट अविदितको स्पर्शमा पुर्‍याउनु नै हो। उनका कविताले डोर्‍याउँदै लैजाने यथार्थबाट अविदितको प्रदेशमा यस धर्तीकै छायाँ परेको पहाडको कथा छ र यही कथाभित्र व्यावहारिक जीवनदर्शनको विस्तृति छ:

श्रमका योगले नथाकेको शरीरकथामा रोगले थलिनु जीवन शास्त्रको अन्तिम अध्याय हो र यसपछि गीतको अस्तित्व शुरु हुन्छ, चाहे त्यो वियोगान्त होस् वा संयोगान्त ! किराँत आइमाई अर्थात् प्रकृतिकी देवी सनातन जीवन बाँच्दाबाँच्दै आएको आगन्तुक रोगलाई देशमा पसेको परदेशीलाई झैँ झर्को मान्छिन् किनकि त्यो परदेशी पाहुना होइन, उनको शरीरको अस्तित्व समाप्त पार्न आएको लुटेरा हो।

तुम्खेवाले यसरी नै पालो, संसारका तानाशाहलाई खुलापत्र, मेरो कथाको पनि कविता लेख्नु है, सहरको यौटा बदनाम कथा, छोरी, साडी, अनागरिक, सच्याऊ, यो इतिहास, खेल, सेतो गुलाफको फूल, अन्तिम भेट, अठोट, जोसँग सम्बन्धित छ, जीवन पुतली खेलेजस्तो हुन्न, अस्तित्व, सम्बोधनको एउटा सवाल, त्रासदी, नेपालको नक्सामा किनिमाको तिहुनजस्ता सत्र थान कवितामा नारी विषयका पीडादायी कथ्यमा विद्रोहको नयाँ ढाँचा संयोजन गरेकी छन्। उनका कविताले शरीरभन्दा मानस अस्तित्वको प्रश्न उठाएको छ।

यसरी नै तुम्खेवाका पात्रहरू कवितामा केही विशेष खोजमा रहेका भेटिन्छन्। भोक र विसङ्गतिका कविताबाट देशको नक्सा फेरिन नसकेकाप्रति उनका कवितामा विद्रोह छ। उनी लेख्छिन्:

प्रस्तुतिको यो मौलिकता विमलाका कवितामा निकै ठाउँमा भेटिन्छन्। उनका कवितामा देश र माटोको चिन्तनमा जनताका विशिष्ट स्वरूप र संस्कृति सँगसँगै आएका छन्। किनिमा र अकबरे खुर्सानीको आदिवासी स्वाद देशको राष्ट्रियताभित्रै छ। नेपाल भन्ने देशको नक्सामा आदिवासी स्पर्श गरेको छ उनको बूढी औँलाले। ठाउँ कुठाउँ ल्याप्चे ठोक्ने यही औँलामा देशको अस्तित्व र आयतन देख्नु निकै ठूलो विद्रोह र व्यङ्ग्य ध्वनित छ। तुम्खेवा इतिहास सच्याउन कविताको हत्केलामा पृथ्वी उठाएर नेतृत्वको सामु उभिएकी कवि–योद्धा हुन् र फरक यत्ति छ योद्धाहरू तरबार लिन्छन् उनी कलम।

डा. गीता त्रिपाठी डा. गीता त्रिपाठी
डा. गीता त्रिपाठी नेपाली पब्लिककी साहित्य संयोजक हुन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६