डीआर बन्जाडे, बुटवल – २०७५ साललाई प्रदेश ५ सरकारले प्रदेशको ‘रोड म्याप’ निर्माणको आधार वर्षका रूपमा व्यतित गरेको छ । सरकारले गएको वर्षलाई प्रदेश सञ्चालनका लागि आवश्यक कानून निर्माण, भौतिक संरचना निर्माण, कर्मचारी व्यवस्थापनजस्ता आधारभूत कार्यहरू निर्माणमै केन्द्रित रह्यो ।

भौतिक पूर्वाधार निर्माण र आर्थिक विकासका हिसावले औसत रहेको प्रदेश ५ कानून निर्माणमा भने २०७५ सालमा अब्बल रूपमा देखा पर्यो ।

२०७४ साल फागुन ३ गते गठन भएको प्रदेश सरकारले पहिलो वर्षलाई आधार वर्षका रूपमा नै घोषण गरी काम शुरू गरेको थियो । जसअन्तर्गत प्रदेश सरकार सञ्चालनका लागि आवश्यक आधारहरू तयार पार्दैमा एक वर्ष बितेको छ ।

प्रदेशका गतिविधि सञ्चालनका लागि १ सय १६ भन्दा बढी ऐन, कानून तथा दस्तावेजहरू आवश्यक हुन सक्ने प्रक्षेपणका साथ प्रदेश सकारले काम गरेको थियो ।

पहिलो प्रदेशसभाको जारी तेस्रो अधिवेशनमा २१ विधेयक दर्ता गरी १९ विधेयक पारित भइसकेका छन् । दुईवटा विधेयक पारित गर्न बाँकी रहेको जारी अधिवेशनलाई विधेयक अधिवेशनकै रूपमा प्रदेशसभाले काम गरिरहेको छ ।

प्रदेश सरकारले ‘मिनी नेपाल’को रूपमा प्रदेशको पहिचान बनाउने गरी काम गरिरहेको छ । ‘प्राकृतिक रूपमा हाम्रो प्रदेशमा हिमाल, पहाड र तराईको संगम छ । त्यसैले यो प्रदेश ‘मिनी नेपाल’ नै हो,’ मुख्यमन्त्री शंखर पोखरेल भन्छन्–‘अबको प्रदेश कस्तो बन्ने भन्ने खाका निर्माण भएको छ । बाटो तय गर्नु महत्वपूर्ण काम हो । प्रदेश समृद्धिको यात्रामा अघि बढ्न समय लाग्दैन’

कृषिको व्यवसायीकरण र पर्यटनको प्रवद्र्धनबाट प्रदेशलाई समृद्ध बनाउनतर्फ प्रदेश सरकार अग्रसर रहेको छ । प्रदेश सरकारले एक वर्षमा बहुआयामिक आधारहरू निर्माण गरेको सरकारका प्रवक्ता एवम् भौतिकपूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी बताउँछन् ।

‘ठ्याक्कै यही भन्ने कुरा छैन् । धेरै कामका आधारहरू तयार भएका छन् । ठोस् रूपमा काम देखिन अझै केही समय लाग्छ,’ उनले भने– ‘शून्यबाट शुरूवात गरेको हो । हालको अवस्थासम्म आउँदा अब प्रदेश कुन दिशामा जान्छ भन्ने गरी दिशा निर्माण भएको छ ।’

भौतिक संरचना, कानून निर्माण, कर्मचारी व्यवस्थापनजस्ता आधारभूत कामहरू पूरा भइसकेको चौधरीले बताए ।

‘प्रदेश सरकारले आवधिक योजना निर्माण गरेको छ । अबको बजेट मागका आधारमा होइन, योजनाका आधारमा हुन्छ । यो प्रदेशको समृद्धिका लागि महत्वपूर्ण काम हो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसी भन्छन्, ‘अबको प्रदेश कस्तो बन्ने र प्रदेश सरकार कसरी सञ्चालन हुने भन्ने खाका तयार भएको छ । यो नै आधारभूत तर महत्वपूर्ण सफलता हो ।’

प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत प्रदेश सरकारले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको कृषि मन्त्री आरती पौडेल बताउँछिन् । ‘झोले किसानहरूलाई चिनेर वास्तविक किसानलाई अनुदान दिने गरी काम भइरहेको छ,’ उनले भनिन्– ‘कृषिबाट नै प्रदेशको समृद्धि सम्भव छ ।’

प्रदेश ५ सरकारले ‘समृद्ध प्रदेश खुसी जनता’ नारामा आधारित कार्यक्रमहरू ल्याउने गरी नीति तथा कार्यक्रमको तयारी गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम र स्मार्ट कृषि गाउं निर्माण कार्यक्रम प्रदेशका मुख्य काम हुन् ।

त्यसका अलावा प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन, प्रदेश योजना आयोगको गठन, असोज ९ र १० गते गरिएको प्रदेश समन्वय परिषदको प्रथम बैठकले तय गरेका कार्यदिशाहरूलाई प्रदेश सरकारले उपलब्धिका रूपमा लिएको छ ।

प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नामकरण गर्न भने असफल देखिएको छ । यद्यपि राजधानी र नामकरणका लागि विशेष समिति निर्माण गरी काम भइरहेको छ ।

‘जनताले राजधानी र प्रदेशको नामाकरण टुङ्गो लगाई अन्योल अन्त्यको अपेक्षा गरेका छन्,’ नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले भने, ‘स्थायी राजधानी जति छिटो टुङ्गायो, त्यति नै चाँडो प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार विकास हुन्छ । त्यसैले ५ वर्षको ‘म्याण्डेड’ भए पनि छिटो टुंग्याउँदा कामको गति बढ्छ ।’

दुईवटा बजेट ल्याएको प्रदेशको पहिलो बजेट कार्यान्वयन बिनै आर्थिक वर्ष बितेको थियो । तर, दोस्रो बजेटमा भने केही सकारात्मक सूचकहरू देखिएका छन् ।

स्थानीय तहका प्रतिनिधिहरू प्रदेश कार्यशैलीप्रति असन्तुष्ट देखिन्छन् । रकारले पहिलो वर्षमा लिनुपर्ने गति नलिएको प्रतिपक्षी दलका नेताहरू बताउँछन् । प्रदेश सभा र प्रदेश सचिवालयले खरिद गरेको सवारी साधनमा ५७ लाखभन्दा बढी अनियमितता देखिनु सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८