भरतपुर – चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन्। यहाँ रहेका १ सय १० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए।

”करीब करीब २५-३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भने, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन्।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक पर्यटक बढेको घिमिरेको भनाइ छ। बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन्।

अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन्। घिमिरेका अनुसार क्षेत्रीय होटल सङ्घ चितवनअन्तर्गत चितवन, नवलपुर र हेटाैँडामा डेढ सय पर्यटकीय होटल छन्। ती सबै होटल नयाँ वर्षमा अग्रिम बुकिङ भएका छन्।

“नयाँ वर्षमा सौराहा आउने पर्यटक कोठा नपाएर समेत फर्कनुपरेको छ, घिमिरेले भने, अधिकांश होटल अग्रिम बुकिङ हुने भएकाले आन्तरिक पर्यटकले पनि पहिले नै कोठा बुकिङमा ध्यान दिनुपर्छ।” सङ्घका सचिव दामोदर रेग्मीले यस वर्ष २० प्रतिशतले आन्तरिक पर्यटक बढेको जानकारी दिए।

करीब ३५ प्रतिशत वनजङ्गलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ। नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्छन्। यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पनि सौराहा पुगेकै हुन्छन्।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि नेपालकै उत्कृष्ट गन्तव्य हो। सौराहामा सुविधायुक्त ११० होटलमा दैनिक करीब पाँच हजार ५०० पर्यटक राख्न सकिने क्षमता छ। सौराहासँगै पश्चिम चितवनको पर्यटकीय क्षेत्र मेघौली पनि आन्तरिक पर्यटकले भरिएको छ।

मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन्। वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६