चितवन – नयाँ वर्षमा घुम्न आएका एक युवक आज (आइतबार) बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रूपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ। गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आज बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा २ जनालाई नदीले बगाएको हो। बुटवलबाट ३ युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ।

देवघाटमा भक्तजनको घुइँचो

नयाँ वर्षका अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा स्नानसँगै पूजाआजा गर्नेको घुइँचो लागेको छ। बिहान सबेरैदेखि विभिन्न जिल्लाबाट भक्तजन आउने क्रम जारी छ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बिहान ५ नबज्दैदेखि भक्तजनको घुइँचो लागेको बताए। पौडेलका अनुसार शनिबार राजधानीसहित विभिन्न जिल्लाका भक्तजन देवघाटमा बास बस्ने गरिआएका थिए।

१० वर्षअघिसम्म नयाँ वर्षमा सुनसानजस्तो देखिने देवघाट पछिल्ला वर्षमा मेला लागेको जस्तो गरी भक्तजन आउने गरेको उनले बताए।

पौडेलका अनुसार १ लाखभन्दा बढी भक्तजन भित्रिने अनुमान गरिएको छ। दिउँसो २–३ बजेसम्म भक्तजन आउने उनले बताए।

देवघाट आएका भक्तजनले वेणीमा स्नान गर्ने, मठमन्दिरमा दानपुण्य गर्ने, ग्रह शान्ति गर्ने, शुभकार्य गर्ने गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए।

कतिपय नयाँ वर्षमा रमाइलाका लागि पनि देवघाट आएको उनले बताए। आफ्नो वर्षभर नै शुभ कल्याण होस् भनेर देवघाट आउने बढेको घिमिरेले बताए। बिहान सबेरैदेखि आँपटारीदेखि देवघाटसम्म सवारी साधन र पैदल यात्रीको चाप बढेको उनले बताए।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६