डोटी- नेपालमा स्थानीय तह गठन भएको झण्डै डेढ वर्ष बितिसक्दासमेत डोटी जिल्लाका आठ स्थानीय तहमा अझै बैंकका शाखा कर्यालयहरू स्थापना हुन सकेको छैन। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ मा सबै स्थानीय तहमा शाखा खोलिसक्नका लागि मौद्रिक नीतिमार्फत निर्देशन दिए पनि यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ। जिल्लाको एक मात्र स्थानीय तह दीपायल सिलगढी नगरपालिकामा मात्र वाणिज्य बैंकका शाखा कार्यालय पुगेका छन्।

जिल्लाका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आर्दश, केआईसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुन सकेका छैनन्। बोगटान फुड्सिल र शिखर नगरपालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि सम्पूर्ण आर्थिक कारोबार जिल्लाबाट नै हुन थालेपछि स्थानीयवासीलाई झन समस्या हुन थालेको छ।

स्थानीयतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडिकेदार स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए। उनले भने, ‘गाउँपालिकामा बैंक छैनन्, सामान्य राजस्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानुपरेको छ।’ राज्यको पुनःसंरचनापश्चात् सरकारले मुलुकभरका सबै स्थानीय तहमा बैंकिङ तथा वित्तीय संस्था सञ्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानीयतहमा बैंकिङ सेवा सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्।

यहाँका ग्रामीण क्षेत्रमा स्थापना भएका निजी क्षेत्रका बैंकले गाउँमा सुरक्षाको कारणले आर्थिक कारोवार गर्न नसकिएको बताउँदै आएका छन्। गाउँमा आर्थिक कारोवार गर्न पूर्णतया सुरक्षाको प्रत्याभूति नभएसम्म आर्थिक कारोबार जिल्लाबाट नै गरिने उनीहरूको भनाइ छ। स्थानीय तहमा बैंकिङ सेवा प्रवाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होइन गाउँपालिकाका कामकाजसमेत प्रभावित बन्दै गएको जोरायल–५ गड्सेराका वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए।

यहाँका स्थानीय तहका गाउँमा आर्थिक कारोवार नहुने भएपछि स्थानीयवासी अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दीपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआइसिंह–५ का स्थानीयवासी चेतराज भट्टले बताए।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६