रसुवा– नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महिनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन्।

फ्रि भिसामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने १५ महिनाको अवधिमा ६ हजार ५ सय ८१ पुगेको छ। यसैगरी, चीनको भूभागमा अवस्थित पवित्र तीर्थ मानसरोवर जाने तीर्थयात्रुहरू ले प्रयोग गर्ने मार्ग हुम्ला जिल्लाको हिल्सा अलावा उत्तरीमार्ग प्रयोग गरी हालसम्म ७ हजार २ सय ४७ भारतीय यात्रु रसुवागढी नाका प्रयोग गरी मानसरोवर जाने तीर्थयात्रुको आगमन वैशाखबाट शुरू हुने अध्यागमन कार्यालयले जनाएको छ।

विसं २०७४ भदौ १६ गतेबाट रसुवागढी नाका अन्तराष्ट्रिय मार्गको रुपमा मान्यता पाएपछि पर्यटकको ओहोरदोहोर हुन थालेको बताउँदै अध्यागमन प्रमुख घर्र्तीले ओहोरदोहोर गर्ने पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अध्यागमन कार्यालयले सेवा सञ्चालन गर्ने जानकारी दिए।

सीमाक्षेत्रका बासिन्दाले नेपाल केरुङ ओहोरदोहोर गर्न पाउने स्थायी परिचयपत्र लिने रसुवावासीको सङ्ख्या चैत्र मसान्तसम्म १० हजार २ सय ३७ पुगेको बताइएको छ। चिनियाँबाहेक अन्य देशका पर्यटकबाट भिसा शुल्कबापत सन् २०१८ देखि हालसम्म रू. ८६ लाख ६७ हजार ८ सय ८७ राजस्व जम्मा भएको छ। कार्यालयमा जानकारीको अभाव, उपयुक्त उपकरण र पूर्वाधारको उचित व्यवस्था हुन नसकेको भए पनि मौजुदा दुई कर्मचारीले सेवा दिइरहेको अध्यागमन कार्यालयले जनाएको छ।

भौगोलिक विकटता, काम गर्ने स्थान गहिरो खोच, हावा र सवारीसाधनले उडाउने धुलोले हुने असरलाई समेत कुनै प्रवाह नगरी सबैलाई निरन्तरता दिइएको प्रमुख घर्ती बताए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८