धनगढी – ९ जिल्ला समेटिएको सुदूरपश्चिम प्रदेशको क्षेत्रफल १९ हजार ५ सय ३९ वर्गकिलोमिटर रहेको छ। पछिल्लो राष्ट्रिय जनगणनाअनुसार यहाँको जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ उल्लेख छ।

नेपालको पश्चिम सिमानामा रहेको यस प्रदेश २०७५ सालभर विभिन्न घटनाले चर्चामा रह्यो। मुख्य रूपमा बलात्कार र दुर्घटनाका घटनाले सिंगो देशकै ध्यान सुदूरपश्चिमतर्फ तानियो।

निर्मला हत्या प्रकरण

साउन १० गते हराएकी भीमदत्त नगरपालिका -२ की निर्मला पन्त अर्को दिन बिहान उखुबारीमा मृत फेला परिन्। निर्मलाको हत्या बलात्कारपछि घाँटी थिचेर भएको पोस्टमार्टम प्रतिवेदनले देखायो। हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयबासीले आन्दोलन शुरु गरे।

घटनाको २५औँ दिनमा मानसिक सन्तुलन ठीक नभएका स्थानीय दिलीप बिष्टलाई प्रहरीले निर्मलाको हत्याराका रूपमा सार्वजनिक गर्‍यो। तर, प्रहरीले निर्दोषलाई फसाएको भन्दै महेन्द्रनगरमा फेरि स्थानीयले आन्दोलन चर्काए। डीएनए पीरक्षणमा निर्दोष देखिएपछि विष्ट रिहा भए।

आन्दोलनका क्रममा भदौ ८ गते प्रहरीले चलाएको गोली लागेर स्थानीय सन्नी खुनाको ज्यान गयो। यस घटनापछि तत्कालीन सीडीओ कुमार खड्का, एसपी दिल्लीराज बिष्ट र डीएसपी ज्ञानबहादुर सेठी केन्द्र तानिए। प्रशासन र प्रहरीका नयाँ प्रमुखहरूले महेन्द्रनगरमा लगातार ३ दिन कर्फ्यु लगाए।

‘शंकास्पद’ भनिएका निर्मलाकी साथी बम दिदीबहिनी बबिता र रोशनीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएपछि भने आन्दोलन केही शान्त भयो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ७ भदौमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी ९ असोजमा गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझायो। तर, उक्त प्रतिवेदन सार्वजनिक गरिएन र स्थानीयले फेरि आन्दोलन शुरु गरे।

घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै एसपी विष्टसहित प्रहरी कर्मचारीलाई शुरुमा निलम्बन र पछि बर्खास्त गरियो। एसपी विष्टसहितका पूर्व प्रहरी कर्मचारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता भयो।

तर, थुनछेकको आदेशमा धरौटी बुझाएर सबै रिहा भएका छन्। २०७५ साल सकिँदासम्म यस घटनामा को संलग्न थिए? पत्ता लागेको छैन। यस घटनाले अन्तर्राष्ट्रिय ध्यान खिच्यो।

राजधानी र नामकरण विवाद

असोज ९ गते प्रदेश ७ को नाम तत्कालीन विकास क्षेत्रकै नामबाट ‘सुदूरपश्चिम’ नामकरण गरियो। स्थायी राजधानी र नामकरणका लागि सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदनमा राजधानी गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको थियो।

गोदावरीको जंगलमा राजधानी सारिएको र वर्षाैंदेखि सुदूर नामले नै हेपिएका प्रदेशबासीलाई फेरि सुदूरपश्चिमेली बनाएको भन्दै विभिन्न स्थानमा आन्दोलन नै शुरु भयो। राजधानी उपयुक्त नभएको भन्दै अहिले पनि सर्वोच्च अदालतमा दुईवटा मुद्दा चलिरहेका छन्।

मन्त्री बर्खास्त

पदीय आचरणविपरीत काम गरेको भन्दै बर्खास्त भएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पनि चर्चित व्यक्ति हुन्। सोडारीलाई मन्त्रीबाट हटाउने नेकपा प्रदेश कमिटीले निर्णय गरेको थियो।

प्रदेश सरकार गठन भएको ९ महिनाको अवधिमै सोडारीको मन्त्री पद खोसिएपछि त्यसको कारण खोजी भयो र विभिन्न चर्चा-परिचर्चा हुन थाले। पदअनुरूपको आचरण नगरेकाले मन्त्री पदबाट हटाउनु परेको दाबी गरे पनि मन्त्री पदबाट हटाउनका अन्य थुप्रै कारण बाहिर आए।

टीकापुर घटनाको फैसला

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा भएको टीकापुर घटनाको मुद्दामा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनायो। प्रतिनिधिसभामा विजयी चौधरीसहित उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बरबमोजिम सजाय सुनाइएको थियो। घटनाको ३ वर्षपछि भएको यो बहुप्रतीक्षित फैसला आउनुअघिसम्म देशकै ध्यान कञ्चनपुर जिल्ला अदालतमा केन्द्रित थियो।

२०७२ भदौमा भएको टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो। घटनाको मुख्य योजनाकार रहेको आरोप लागेपछि चौधरी फरार भएका थिए। फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका चौधरी विजयीसमेत भएका हुन्।

बस दुर्घटना

सधैँ ठूला दुर्घटनाले प्रताडित हुने सुदूरपश्चिम २०७५ को मंसिरसम्म त्यसबाट जोगिएको थियो। तर, मंसिरमा डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाए।

डा. केआई सिंह राजमार्गअन्तर्गत से. १ क २९३ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका -११ रडुवा खोलामा खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भयो। यो घटनाले सुदूरपश्चिममा सडकमार्ग अझै सुरक्षित नभएको पुष्टि भयो।

जिप दुर्घटना

फागुनको मध्यतिर सदरमुकाम खलंगाबाट दार्चुलाको दुहु गाउँपालिकाको हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो। राति करिब ८ बजेतिर दुहु गाउँपालिका -३ राताकाठाभीरमा म. १ ज २८० नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

जिल्ला यातायात समितिको बैठकले श्रीबगडदेखि तिमुरबाटासम्मको सडक साँघुरो र भीर क्षेत्र भएकाले कुनै पनि समयमा दुर्घटना हुनसक्ने भन्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो। तर, सो निर्णयको बेवास्ता हुँदा ठूलो मानवीय क्षति हुन पुग्यो।

अर्को उस्तै घटना, बलात्कारपछि हत्या

गत असारमा कैलालीको मसुरीयामा माया विकको बलात्कारपछि हत्या भयो। असार १२ गतेदेखि हराएकी गौरीगंगा -११ की २१ वर्षीया विक असार १५ गते चपरथली सामुदायिक वनभित्र मृत भेटिएकी थिइन्। अनुसन्धानका क्रममा यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि नियोजित रूपमा सामूहिक बलात्कारपछि उनको हत्या गरेको रहस्य प्रहरीले पत्ता लगायो।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३