काठमाडौं – सबै नेपालीको बैंक खाता अभियान आज आइतवारदेखि शुरू भएको छ। चालू वर्षको बजेटमा समेटिएको उक्त कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुबाको खाता खोलिदिएर उक्त अभियानको शुभारम्भ गरेका हुन्।

सबै नेपालीलाई बैंकको पहुँचसम्म पुर्याउने लक्ष्य चालू आर्थिक वर्षको बजेटले लिएको थियो। सोही लक्ष्य प्राप्तिका लागि यो अभियान सञ्चालन गरिएको हो।

अभियानमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूले सहकार्य गरेका छन्। केन्द्रीय बैंकले नयाँ खाता खोल्नेलाई १०० रुपैयाँसम्म जम्मा गरिदिने बताएको छ। केन्द्रीय बैंकले बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको बजेट यस अभियानमा लगाउन पाउने व्यवस्था गरेको छ।

अभियान सञ्चालनका लागि आज सबै बैंक तथा वित्तीय संस्थाले आफ्ना केही शाखाहरू खुला राखेका छन्। राष्ट्र बैंकले खाता खोल्दा केवाईसी (नो योर कस्टमर) लाई सरलीकरणसमेत गरिदिएको छ। अब परिचय खुल्ने सरकारी कागजात हुने व्यक्तिले सजिलै बैंक खाता खोल्न सक्नेछ। यो खातामा वार्षिक १ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउनेछ।

बैकरहरूले भने प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्न लागेको बेला खाताको वार्षिक कारोबार १ लाख रुपैयाँ मात्र राखिनु ठीक नभएको बताउँदै यो व्यवस्थामा सरलीकृत गर्न माग गरेका छन्।

राष्ट्र बैंकका अनुसार हाल देशभर रहेका बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेका छन्। एकै व्यक्ति तथा संस्थाको दोहोरो तेहेरो खाता पनि खुलेको बताइएको छ।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६