बीपी गौतम, रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य सडकमा बुद्धका आकर्षक मूर्ति राख्न थालेको छ । नगरपालिकाले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर ६ लेनको सडक डिभाइडरमा बुद्धमूर्ति राखेको हो ।

तिलोत्तमाको प्रवेशद्वार योगिकुटीमा स्थापना गरिएको बुद्धमूर्तिको आइतबार आयोजित एक कार्यक्रमबीच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अनावरण गरेका हुन् । सडक डिभाइडरको २५० देखि ३०० मिटर दूरीमा बुद्धमूर्ति राख्ने बताइएको छ ।

पहिलो चरणमा ६ लेन सडक निर्माण पूरा भएको मणिग्रामसम्म २२ वटा आकर्षक बुद्धमूर्ति राखिने नगरपालिकाले बताएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा उक्त सडक बनाउँदा बुद्धमूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकै सडक डिभाइडरमा बुद्धमूर्ति राख्ने नगरपालिकाको योजना छ । ६ लेनको सडकमा हरियाली प्रवद्र्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रवद्र्धनले समग्र प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिए । लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सबैले आ—आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिँदै उनले सडकलाई सुन्दर बनाउने गरी नगरपालिकाले बुद्धमूर्ति राखेकोमा सराहना व्यक्त गरे ।

सरसफाइ र हरियाली प्रवद्र्धनका कामलाई अघि बढाएर तिलोत्तमाले रचनात्मक काम गर्दै आएको र यस्तो अभियानमा नागरिक सहभागितालाई अझै बलियो बनाउन आग्रह मन्त्री गिरीले गरे । प्रदेश सरकारले अधिकतम स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी ल्याउने गरी लुम्बिनी भ्रमण वर्ष घोषणा गरी विभिन्न योजना बनाएको जानकारी उनले दिए ।

कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बुद्धमूर्ति राखिएसँगै ६ लेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको बताए । स्थानीय बासिन्दाको साथ, सहयोगले उक्त सडकलाई आकर्षक बनाउन विभिन्न कामहरू भइरहेको बताउँदै उनले बुद्धमूर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईंले ६ लेन सडकलाई आकर्षक बनाउन निर्माण गरिएको संरचनाको संरक्षण र राम्रो बनाउने दायित्व स्थानीय बासिन्दाको भएको उल्लेख गरे ।

नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेयले तिलोत्तमा सुन्दर, शान्त, भेदभावरहित नगरको रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै यो अभियानलाई सबैले सघाउने बताए ।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६