पोखरा – पात्रो फेरिएको छ वैशाख १ गतेदेखि। नयाँ वर्षको नयाँ उमंग र उत्साह बोकेर २०७६ साल भित्रिएको छ। तर गइसकेको २०७५ सालको पनि चर्चा सेलाएको छैन। व्यक्ति, समूह र संस्थाका लागि विगतका हरेक वर्षहरु उत्तिकै महत्वपूर्ण हुन्छन्।

२०७५ सालभरिमा राम्रा र नराम्रा दुवै प्रकारका काम वा घटनाहरु घटेका छन्। देशलाई दुरगामी प्रभाव पार्ने र तत्कालका लागि मीठो र नमीठो अनुभूति गराउने राजनीतिक एवं सामाजिक घटनाहरु पनि २०७५ सालभित्र भए।

२०७५ लाई फर्केर हेर्दा प्रदेश नामकरणमा कर्णाली प्रदेशपछि गण्डकी दोस्रो बन्यो। प्रदेश सरकार गठन भएको एक वर्षभित्र विवादरहित रुपमा राजधानी र नामकरण हुनु गण्डकी प्रदेशको उपलब्धि नै हो।

कास्कीबाट उदाएका आशालाग्दा नेता रबिन्द्र अधिकारीलाई फागुनमा देशले गुमायो। पर्यटनमन्त्रीको रुपमा बहालमै रहेका बेला हेलिकप्टर दुर्घटनामा भएको उनको निधनले गण्डकी प्रदेश मात्र होइन देशै शोकमग्न भएको थियो।

यस्तै, एक वर्षभित्र गण्डकी प्रदेश संसदले २४ वटा विधेयक पारित गरेको छ। केही विधेयक पेस हुने क्रममा छन्। २१ वटा कानून, एक प्रदेशसभा नियमावली र दुई विधेयक संशोधन भएको छ। संघीय सरकारका कारण प्रदेश सरकारकले अपेक्षित काम गर्न नसेको गण्डकी सरकारका मन्त्री र सांसदहरुले बताउने गरेका छन्।

भदौ २१ मा पोखरामा बसेको मुख्यमन्त्रीहरुको भेला २०७५ को अर्को चर्चित विषय हो। संघीय सरकार र प्रदेश सरकारबीच अघोषित अन्तरविरोध चलिरहेको बेला यस भेलाले देशकै राजनीति तातेको थियो। संघीय सरकार विरुद्धको मोर्चाबन्दीको रुपमा चित्रण गरिएको यस भेलाको अगुवाइ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका कारण पनि गण्डकी प्रदेश चर्चाको केन्द्रमा थियो।

मनाङबाट निर्वाचित ‘गुन्डा नाइके’को रुपमा चिनिने दीपक मनाङेको सपथ ग्रहण पनि गण्डकी प्रदेशको अर्को चर्चित विषय बन्यो। पटक-पटकको जेल जीवन र विभिन्न मुद्दाबाट उम्कँदै अन्ततः उनी माननीय बने।

कास्कीबाट उदाएका आशालाग्दा नेता रबिन्द्र अधिकारीलाई फागुनमा देशले गुमायो। पर्यटनमन्त्रीको रुपमा बहालमै रहेका बेला हेलिकप्टर दुर्घटनामा भएको उनको निधनले गण्डकी प्रदेश मात्र होइन देशै शोकमग्न भएको थियो।

यस्तै, अतिक्रमणको चपेटामा परेको फेवातालको ६५ मिटर मापदण्ड ६ महिनाभित्र कायम गर्न सर्वोच्च अदालतले दिएको निर्देशन गण्डकी प्रदेशको अर्को चर्चित विषय हो। सर्वोच्चको आदेश कार्यान्वयन गराउन प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। योसँगै समितिले सर्वोच्चको निर्देशन पालना गराउने आशा जागेको छ।

२०७५ सालभित्र प्रदेशले ठूला विपत्ति र प्रकोपहरु झेल्नु परेन। त्यस्तै ठुलो मानवीय तथा भौतिक क्षति हुने किसिमको घटनाहरु पनि भएनन्। तुलनात्मक रुपमा गण्डकी प्रदेश शान्त रह्यो। जसका कारण आउँदो वर्ष थप प्रगति हुनेमा आशाको सञ्चार भएको छ।

तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले गण्डकी मेडिकल कलेजको कक्षा कोठामा तालाबन्दी गरे। परिक्षासमेत बहिष्कार गरेका विद्यार्थीहरुको आन्दोलन देशमै चर्चामा रह्यो। अन्ततः कलेजका सञ्चालकविरुद्ध मुद्दा दर्ता भयो। कोही धरौटीमा छुुटे, कोही अझै फरार छन्।

चर्चा गर्नलायक अन्य विषयहरुमध्ये प्रदेश सरकारले सञ्चालन गरेका कामहरुको निगरानी राख्न स्थापित ‘वार रुम’ पनि एक हो। प्रदेशको पहिलो स्थापना दिवसमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले त्यसको परिक्षणसमेत गरेका थिए।

बलात्कार र हत्याहिंसाजस्ता घटनाबाट गण्डकी प्रदेश पनि अछुतो रहेन। तर, केही घटनाका दोषीलाई २४ घण्टा नबित्दै कानूनको कठघरामा उभ्याएर प्रहरीले उदाहरणीय काम देखायो।

समग्रमा गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वर्षभित्र गरेका कामप्रति सर्वसाधारणको खासै नकारात्मक टिप्पणी बाहिर आएको छैन। संघीयता कार्यान्वयनमा बढी केन्द्रित हुनु परेका कारण अपेक्षित काम हुन नसकेको प्रदेशसरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको भनाइ छ।

२०७५ सालभित्र प्रदेशले ठूला विपत्ति र प्रकोपहरु झेल्नु परेन। त्यस्तै ठुलो मानवीय तथा भौतिक क्षति हुने किसिमको घटनाहरु पनि भएनन्। तुलनात्मक रुपमा गण्डकी प्रदेश शान्त रह्यो। जसका कारण आउँदो वर्ष थप प्रगति हुनेमा आशाको सञ्चार भएको छ।

श्याम रानामगर
रानामगर नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६