जाजरकोट – दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ।

नलगाड नगरपालिका–१ ठूलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी विक्री गर्न रिम्नाबजार जान्छिन्। तुइनमा झुन्डिएर जाँदा उनलाई बाँचिन्छ, कि बाँचिँदैन भन्दै मनमा डरले सातो जाने गरेको छ। बजार जानलाई सहज बाटो छैन।

त्यस्तैगरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनका भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन्। ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नैपर्ने बाध्यता छ।

उनीहरू मात्र हैन, वर्षौंदेखि सयौँले स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन्। आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, “ठूलाबगर, खर्चा, दम्सिला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका सयाैँ घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ।”

त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन्। स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुन्डिएर १ सय मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ।

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ। पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ। पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ। त्यो पनि जोखिमपूर्ण भीरको बाटो छ। उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ।

भेरी नदीमा पुल बनाइदिन विभिन्न निकायमा पटकपटक आग्रह गरे पनि राजनीतिक पहुँच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरबासीको गुनासो छ।

उता नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताएका छन्। वडा नं. १ को ठूलाबगर र वडा नं. ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन्। पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरपालिकाले जनाएको छ। (रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६